प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
स्वागत छ।
यो साइट यहोवाका साक्षीहरूद्वारा प्रकाशित विभिन्न भाषाका प्रकाशनहरूमा अनुसन्धान गर्न तयार पारिएको हो।
प्रकाशनहरू डाउनलोड गर्न कृपया jw.org-मा जानुहोस्।
  • आज

शुक्रबार, सेप्टेम्बर १९

हामी आपसमा प्रेम गरिरहौँ।​—१ युह. ४:७.

हामी सबै जना ‘आपसमा प्रेम गरिरहन’ चाहन्छौँ। तर हामीले येसुको यस चेतावनीलाई पनि मनमा राख्नुपर्छ: “धेरै जनाको प्रेम सेलाएर जानेछ।” (मत्ति २४:१२) यहाँ येसुले आफ्ना अधिकांश चेलाबीचको प्रेम सेलाएर जानेछ भन्‍न खोजिरहनुभएको थिएन। तर यस संसारको स्वार्थी मनोभावको प्रभावमा नपर्न हामी सचेत रहनुपर्छ। यस कुरालाई मनमा राख्दै एउटा महत्त्वपूर्ण प्रश्‍न विचार गरौँ: भाइबहिनीप्रतिको हाम्रो प्रेम बलियो छ कि छैन भनेर थाह पाउने के कुनै तरिका छ? अरूप्रतिको हाम्रो प्रेम कत्तिको बलियो छ भनेर थाह पाउने एउटा तरिका कुनै परिस्थितिमा हामी कस्तो प्रतिक्रिया देखाउँछौँ भनेर जाँच्नु हो। (२ कोरि. ८:८) त्यस्तै एउटा परिस्थितिबारे प्रेषित पत्रुसले बताएका छन्‌। तिनले यसो भने: “सबैभन्दा महत्त्वपूर्ण कुरा, आपसमा प्रगाढ प्रेम गर किनकि प्रेमले असङ्‌ख्य पापहरू ढाक्छ।” (१ पत्रु. ४:८) अरूले गल्ती गर्दा वा हाम्रो चित्त दुखाउँदा हाम्रो प्रेमको जाँच हुन सक्छ। w२३.११ पृ. १० अनु. १२-१३

दिनहुँ धर्मशास्त्र जाँच्ने—२०२५

शनिबार, सेप्टेम्बर २०

तिमीहरू आपसमा प्रेम गर।​—युह. १३:३४.

यदि हामी मण्डलीमा कसैलाई माया गर्छौँ र कसैलाई गर्दैनौँ भने प्रेम देखाउने सन्दर्भमा येसुको सल्लाह पालन गरिरहेका हुँदैनौँ। हुनत हामी येसुजस्तै मण्डलीमा कसैसित अरूसित भन्दा नजिक महसुस गर्छौँ होला। (युह. १३:२३; २०:२) तर प्रेषित पत्रुसले हामीलाई मण्डलीका सबै भाइबहिनीलाई आफ्नै परिवारलाई जस्तै “भ्रातृस्नेह” देखाउन सम्झाएका छन्‌। (१ पत्रु. २:१७) पत्रुसले हामीलाई “एकअर्कालाई हृदयदेखि प्रगाढ प्रेम गर” भनेर सल्लाह दिए। (१ पत्रु. १:२२) यहाँ चलाइएको “प्रगाढ प्रेम” भन्‍ने अभिव्यक्‍तिले कसैलाई प्रेम देखाउन गाह्रो लाग्दा पनि आफैलाई तन्काउनु वा तिनलाई प्रेम देखाउन कडा मेहनत गर्नु भन्‍ने अर्थ दिन्छ। उदाहरणको लागि, कुनै भाइ वा बहिनीले हाम्रो चित्त दुखाउँदा हाम्रो स्वाभाविक झुकाव ‘जस्तालाई त्यस्तै’ गर्ने हुन सक्छ। तर त्यस्तो व्यवहारले परमेश्‍वरलाई खुसी बनाउँदैन भनेर पत्रुसले येसुबाट सिके। (युह. १८:१०, ११) पत्रुसले यस्तो लेखे: “खराबीको बदला खराबी नगर; अपमानको बदला अपमान नगर। त्यसको उल्टो आशिष्‌ देओ।” (१ पत्रु. ३:९) तपाईँमा प्रगाढ प्रेम छ भने तपाईँ दयालु र विचारशील हुन उत्प्रेरित हुनुहुनेछ। w२३.०९ पृ. २८-२९ अनु. ९-११

दिनहुँ धर्मशास्त्र जाँच्ने—२०२५

आइतबार, सेप्टेम्बर २१

‘स्त्रीहरूको आनीबानी सन्तुलित हुनुपर्छ अनि तिनीहरू सबै कुरामा विश्‍वासयोग्य हुनुपर्छ।’​—१ तिमो. ३:११.

एउटा बच्चा हुर्केर कत्ति छिटो ठूलो हुन्छ; त्यो देख्दा हामीलाई अचम्म लाग्छ। त्यो बच्चा कसैले प्रयासै नगरी आफसेआफ हुर्केको जस्तो देखिन्छ। तर ख्रिष्टियन परिपक्वता भने आफसेआफ हासिल हुने कुरा होइन। (१ कोरि. १३:११; हिब्रू ६:१) त्यो लक्ष्य हासिल गर्न यहोवासितको सम्बन्ध बलियो हुनुपर्छ। साथै हामीलाई पवित्र शक्‍ति पनि चाहिन्छ। यसले यहोवालाई खुसी तुल्याउने गुणहरू विकास गर्न, उपयोगी सीपहरू सिक्न र भविष्यमा निर्वाह गर्नुपर्ने भूमिकाहरूको लागि तयार हुन मदत गर्नेछ। (हितो. १:५) यहोवाले पुरुष र स्त्री बनाउनुभयो। (उत्प. १:२७) पुरुष र स्त्रीको शारीरिक बनौट फरक हुन्छ। त्यति मात्र होइन, तिनीहरू अरू तरिकामा पनि फरक हुन्छन्‌। जस्तै: यहोवाले पुरुष र स्त्रीलाई फरक-फरक भूमिका दिनुभएको छ। त्यसैले ती भूमिकाहरू निर्वाह गर्न तिनीहरूलाई फरक-फरक गुण र सीप चाहिन्छ।—उत्प. २:१८. w२३.१२ पृ. १८ अनु. १-२

दिनहुँ धर्मशास्त्र जाँच्ने—२०२५
स्वागत छ।
यो साइट यहोवाका साक्षीहरूद्वारा प्रकाशित विभिन्न भाषाका प्रकाशनहरूमा अनुसन्धान गर्न तयार पारिएको हो।
प्रकाशनहरू डाउनलोड गर्न कृपया jw.org-मा जानुहोस्।
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने