प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ६०
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

यसैया विषयवस्तु

      • सियोनमाथि यहोवाको महिमा चम्कन्छ (१-२२)

        • ढुकुरहरू आफ्नो गुँडतिर फर्केझैँ (८)

        • तामाको सट्टा सुन (१७)

        • थोरैचाहिँ हजार हुनेछ (२२)

यसैया ६०:१

मार्जिनल रेफरेन्स

  • +यसै ५१:१७; ५२:१
  • +यसै ६०:१९, २०

यसैया ६०:३

फुटनोट

  • *

    वा “तिम्रो बिहानीको ज्योति देखेर।”

मार्जिनल रेफरेन्स

  • +यसै ११:१०
  • +यसै ४९:२३
  • +प्रका २१:२३, २४

यसैया ६०:४

मार्जिनल रेफरेन्स

  • +यसै ४९:१७, १८; ५४:१
  • +यसै ४९:२१, २२

यसैया ६०:५

मार्जिनल रेफरेन्स

  • +यर्मि ३३:९
  • +यसै ६१:६; हाग्गै २:७, ८

यसैया ६०:६

फुटनोट

  • *

    शा., “तिमीलाई।”

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +१इ १:३२, ३३
  • +मला १:११

यसैया ६०:७

मार्जिनल रेफरेन्स

  • +यसै ४२:११
  • +उत्प २५:१३
  • +प्रस्थ २९:३९, ४२; यसै ५६:६, ७
  • +हाग्गै २:९

यसैया ६०:९

फुटनोट

  • *

    वा “पहिलाजस्तै आइरहेका छन्‌।”

  • *

    वा “महिमा।”

मार्जिनल रेफरेन्स

  • +यसै ५१:५
  • +यसै ६०:४; ६६:२०
  • +भज १४९:४; यसै ५२:१; ५५:५

यसैया ६०:१०

मार्जिनल रेफरेन्स

  • +एज्रा ७:२७; नहे २:७, ८; यसै ४९:२३
  • +व्य ३०:३; भज ३०:५; यसै ५४:७; ५७:१७, १८

यसैया ६०:११

मार्जिनल रेफरेन्स

  • +प्रका २१:२५, २६
  • +यसै ६०:३, ५

यसैया ६०:१२

मार्जिनल रेफरेन्स

  • +यसै ४१:११

यसैया ६०:१३

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +यसै ३५:१, २
  • +यसै ४१:१९; ५५:१३
  • +भज १३२:७

यसैया ६०:१४

मार्जिनल रेफरेन्स

  • +यसै ६२:१२

यसैया ६०:१५

मार्जिनल रेफरेन्स

  • +२इ ३६:२०, २१; यसै ४९:१४; यर्मि ३०:१७; वि १:४
  • +यसै ३५:१०; ६१:७; यर्मि ३३:१०, ११

यसैया ६०:१६

मार्जिनल रेफरेन्स

  • +यसै ६१:६
  • +यसै ४९:२३
  • +यसै ४९:२६

यसैया ६०:१७

मार्जिनल रेफरेन्स

  • +यसै १:२६; ३२:१

यसैया ६०:१८

मार्जिनल रेफरेन्स

  • +यसै २:४; ११:९; ५४:१४; जक ९:८
  • +यसै २६:१

यसैया ६०:१९

मार्जिनल रेफरेन्स

  • +भज ३६:९; यसै ६०:१; प्रका २१:२३; २२:५
  • +जक २:४, ५

यसैया ६०:२०

मार्जिनल रेफरेन्स

  • +भज २७:१; ८४:११
  • +यसै २५:८; ३०:१९; ३५:१०

यसैया ६०:२१

मार्जिनल रेफरेन्स

  • +यसै ४३:६, ७; ४४:२३

अरू

यसै. ६०:१यसै ५१:१७; ५२:१
यसै. ६०:१यसै ६०:१९, २०
यसै. ६०:३यसै ११:१०
यसै. ६०:३यसै ४९:२३
यसै. ६०:३प्रका २१:२३, २४
यसै. ६०:४यसै ४९:१७, १८; ५४:१
यसै. ६०:४यसै ४९:२१, २२
यसै. ६०:५यर्मि ३३:९
यसै. ६०:५यसै ६१:६; हाग्गै २:७, ८
यसै. ६०:६१इ १:३२, ३३
यसै. ६०:६मला १:११
यसै. ६०:७यसै ४२:११
यसै. ६०:७उत्प २५:१३
यसै. ६०:७प्रस्थ २९:३९, ४२; यसै ५६:६, ७
यसै. ६०:७हाग्गै २:९
यसै. ६०:९यसै ५१:५
यसै. ६०:९यसै ६०:४; ६६:२०
यसै. ६०:९भज १४९:४; यसै ५२:१; ५५:५
यसै. ६०:१०एज्रा ७:२७; नहे २:७, ८; यसै ४९:२३
यसै. ६०:१०व्य ३०:३; भज ३०:५; यसै ५४:७; ५७:१७, १८
यसै. ६०:११प्रका २१:२५, २६
यसै. ६०:११यसै ६०:३, ५
यसै. ६०:१२यसै ४१:११
यसै. ६०:१३यसै ३५:१, २
यसै. ६०:१३यसै ४१:१९; ५५:१३
यसै. ६०:१३भज १३२:७
यसै. ६०:१४यसै ६२:१२
यसै. ६०:१५२इ ३६:२०, २१; यसै ४९:१४; यर्मि ३०:१७; वि १:४
यसै. ६०:१५यसै ३५:१०; ६१:७; यर्मि ३३:१०, ११
यसै. ६०:१६यसै ६१:६
यसै. ६०:१६यसै ४९:२३
यसै. ६०:१६यसै ४९:२६
यसै. ६०:१७यसै १:२६; ३२:१
यसै. ६०:१८यसै २:४; ११:९; ५४:१४; जक ९:८
यसै. ६०:१८यसै २६:१
यसै. ६०:१९भज ३६:९; यसै ६०:१; प्रका २१:२३; २२:५
यसै. ६०:१९जक २:४, ५
यसै. ६०:२०भज २७:१; ८४:११
यसै. ६०:२०यसै २५:८; ३०:१९; ३५:१०
यसै. ६०:२१यसै ४३:६, ७; ४४:२३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
पवित्र बाइबल नयाँ संसार अनुवाद
यसैया ६०:१-२२

यसैया

६० “ए स्त्री, उठ!+ ज्योति चम्काऊ, तिम्रो ज्योति आइसकेको छ।

यहोवाको महिमा तिमीमाथि चम्केको छ।+

 २ हेर! पृथ्वीलाई अन्धकारले छोप्नेछ,

घोर अन्धकारले राष्ट्रहरूलाई ढाक्नेछ

तर तिमीमाथि चाहिँ यहोवा चम्कनुहुनेछ

अनि उहाँको महिमा तिमीमाथि प्रकट हुनेछ।

 ३ जातिजातिका मानिसहरू तिम्रो ज्योतितर्फ आउनेछन्‌+

अनि तिम्रो वैभव चम्किएको देखेर* राजाहरू+ तिमीतर्फ आउनेछन्‌।+

 ४ आँखा उठाएर चारैतिर हेर,

तिनीहरू सबै भेला भएका छन्‌ अनि तिमीकहाँ आइरहेका छन्‌।

तिम्रा छोराहरू टाढा-टाढाबाट आइरहेका छन्‌+

अनि तिम्रा छोरीहरूलाई काखमा बोकेर ल्याइँदै छ।+

 ५ यो देखेर तिम्रो अनुहार उज्यालो हुनेछ,+

खुसीले तिम्रो मुटुको ढुकढुकी बढ्‌नेछ

किनभने समुद्रको सम्पत्ति तिमीतर्फ ओइरिनेछ;

जातिजातिको धनसम्पत्ति तिमीतर्फ आउनेछ।+

 ६ उँटको बथानले तिम्रो देशलाई* ढाक्नेछ

तिम्रो देश मिद्यान र एपाका जवान उँटहरूले भरिनेछ।+

सेबाबाट सबै मानिस आउनेछन्‌;

तिनीहरूले सुन र सेतो धूप* ल्याउनेछन्‌।

तिनीहरूले यहोवाको गुणगान गाउनेछन्‌।+

 ७ केदारको+ सारा बगाल तिमीकहाँ आउनेछ।

नबायोथका+ थुमाहरू तिम्रो लागि हाजिर हुनेछन्‌।

तिनीहरूलाई मेरो वेदीमा चढाइनेछ र म त्यो स्विकार्नेछु+

अनि म मेरो सुन्दर घरको शोभा बढाउनेछु।+

 ८ बादलसरि उड्‌दै आइरहेका यी को हुन्‌?

ढुकुरहरू आफ्नो गुँडतिर फर्केर आइरहेझैँ देखिने यी को हुन्‌?

 ९ टापुहरू मेरो बाटो हेर्छन्‌;+

तर्सिसका जहाजहरू सबैभन्दा अगाडि छन्‌,*

ती जहाजहरूले तिम्रा छोराहरूलाई टाढाबाट ल्याउँदै छन्‌।+

तिम्रा परमेश्‍वर र इस्राएलका पवित्र परमेश्‍वर यहोवाको नामको महिमा गर्न

तिनीहरूले आफ्ना सुन र चाँदी ल्याउँदै छन्‌

अनि परमेश्‍वरले तिम्रो सौन्दर्य* बढाउनुहुनेछ।+

१० विदेशीहरूले तिम्रा पर्खाल बनाउनेछन्‌

अनि उनीहरूका राजाहरूले तिम्रो सेवा गर्नेछन्‌।+

रिसाएर मैले तिमीलाई हिर्काएको थिएँ

तर अब खुसी भएर म तिमीलाई कृपा गर्नेछु।+

११ तिम्रा ढोकाहरू रातदिन खुला राखिनेछन्‌;+

ती कहिल्यै बन्द गरिनेछैनन्‌,

तिम्रो लागि देश-देशबाट धनसम्पत्ति ल्याउन ती खुला राखिनेछन्‌

अनि यसो गर्न तिनीहरूका राजाहरूले अगुवाइ लिनेछन्‌।+

१२ जुन जाति र जुन राज्यले तिम्रो सेवा गर्दैन, त्यसको नामोनिसान मेटाइनेछ,

त्यसको अस्तित्व नै रहनेछैन।+

१३ लेबनानको गौरव तिमीकहाँ आउनेछ;+

धुपी, लाँकुरी र राइसल्ला एकसाथ तिमीकहाँ आउनेछन्‌+

अनि मेरो पवित्र स्थानको* शोभा बढाउनेछन्‌।

तब म मेरो पाउदानको गौरव बढाउनेछु।+

१४ तिमीलाई सताउनेहरूका छोराहरू तिमीकहाँ आउनेछन्‌ अनि तिमीलाई दण्डवत्‌ गर्नेछन्‌,

तिम्रो अपमान गर्नेहरू सबैले तिम्रो खुट्टा ढोग्नेछन्‌,

तिनीहरूले तिमीलाई यहोवाको सहर भन्‍नेछन्‌,

तिमीलाई इस्राएलका पवित्र परमेश्‍वरको सियोन भन्‍नेछन्‌।+

१५ तिम्रो वास्ता गरिएन, तिमीलाई घृणा गरियो अनि तिम्रो बाटो हुँदै कोही गएन+

तर अब तिमी सदाको लागि गर्व गर्ने कारण हुनेछौ,

तिमी पुस्तौँपुस्तासम्म रमाहट गर्ने कारण हुनेछौ।+

१६ तिमीले जातिजातिको दूध पिउनेछौ,+

तिमीले राजाहरूका छातीबाट दूध चुस्नेछौ;+

तब तिमीले थाह पाउनेछौ, म यहोवा नै तिम्रो उद्धारक हुँ,

म याकुबका शक्‍तिशाली परमेश्‍वर तिम्रो मुक्‍तिदाता हुँ।+

१७ म तामाको सट्टा सुन

र फलामको सट्टा चाँदी ल्याउनेछु;

म काठको सट्टा तामा

र ढुङ्‌गाको सट्टा फलाम ल्याउनेछु;

म शान्तिलाई तिम्रो निरीक्षक

अनि धार्मिकतालाई तिम्रो नाइके बनाउनेछु।+

१८ तिम्रो देशमा फेरि कहिल्यै हिंसाको स्वर सुनिनेछैन,

तिम्रो सिमानाभित्र विनाश र बरबादीको खबर सुनिनेछैन।+

तिमीले आफ्नो पर्खालको नाम उद्धार+ र ढोकाको नाम प्रशंसा राख्नेछौ।

१९ तिमीलाई सूर्यको प्रकाशको खाँचो पर्नेछैन,

चन्द्रमाको उज्यालो पनि चाहिनेछैन

किनभने यहोवा नै सदासदा तिम्रो ज्योति हुनुहुनेछ+

अनि तिम्रा परमेश्‍वर तिम्रो शोभा हुनुहुनेछ।+

२० तिम्रो सूर्य कहिल्यै अस्ताउनेछैन

अनि तिम्रो चन्द्रमा कहिल्यै धमिलो हुनेछैन

किनभने यहोवा सदासदा तिम्रो ज्योति हुनुहुनेछ,+

तब तिमीले कहिल्यै शोक गर्नुपर्नेछैन।+

२१ तिम्रा सबै मानिस धर्मी हुनेछन्‌;

तिनीहरूले सदाको लागि देश अधिकार गर्नेछन्‌।

तिनीहरू मैले रोपेका बिरुवा,

मेरो शोभा बढाउने मेरो हातको काम हुन्‌।+

२२ थोरैचाहिँ हजार हुनेछ

अनि सानोचाहिँ शक्‍तिशाली जाति हुनेछ।

म यहोवाले नै ठीक समयमा त्यसको वृद्धि गर्नेछु।”

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने