प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ कोरिन्थी ११
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

१ कोरिन्थी विषयवस्तु

      • “मेरो अनुकरण गर” (१)

      • शिरत्व र शिरपोस (२-१६)

      • प्रभुको साँझको भोज मनाउने (१७-३४)

१ कोरिन्थी ११:१

मार्जिनल रेफरेन्स

  • +फिलि ३:१७; २थि ३:९

१ कोरिन्थी ११:३

मार्जिनल रेफरेन्स

  • +रोमी १४:९; एफि ४:१५; कल २:१०
  • +एफि ५:२३; १प ३:१
  • +१को १५:२७, २८

१ कोरिन्थी ११:५

मार्जिनल रेफरेन्स

  • +योए २:२८; प्रे २१:८, ९

१ कोरिन्थी ११:७

मार्जिनल रेफरेन्स

  • +उत्प १:२७

१ कोरिन्थी ११:८

मार्जिनल रेफरेन्स

  • +उत्प २:२२, २३

१ कोरिन्थी ११:९

मार्जिनल रेफरेन्स

  • +उत्प २:१८

१ कोरिन्थी ११:१०

मार्जिनल रेफरेन्स

  • +१को ४:९

१ कोरिन्थी ११:१२

मार्जिनल रेफरेन्स

  • +उत्प २:२१, २२
  • +१को ८:६

१ कोरिन्थी ११:१९

मार्जिनल रेफरेन्स

  • +प्रे २०:२९, ३०; १को १:१२; १ति ४:१; २प २:१

१ कोरिन्थी ११:२०

मार्जिनल रेफरेन्स

  • +लुका २२:१९, २०

१ कोरिन्थी ११:२३

मार्जिनल रेफरेन्स

  • +मत्ति २६:२०; लुका २२:१४

१ कोरिन्थी ११:२४

मार्जिनल रेफरेन्स

  • +मत्ति २६:२६; मर्कु १४:२२; रोमी ७:४; १को १०:१७
  • +लुका २२:१९

१ कोरिन्थी ११:२५

मार्जिनल रेफरेन्स

  • +मत्ति २६:२७; मर्कु १४:२३; १को १०:१६
  • +यर्मि ३१:३१; हिब्रू ८:८; ९:१५
  • +लुका २२:२०; हिब्रू ९:१३, १४; १प १:१८, १९
  • +प्रस्थ १२:१४

१ कोरिन्थी ११:२८

मार्जिनल रेफरेन्स

  • +२को १३:५

१ कोरिन्थी ११:३०

फुटनोट

  • *

    यसले परमेश्‍वरसितको तिनीहरूको सम्बन्ध टुटिसकेको कुरालाई जनाएको हुनुपर्छ।

मार्जिनल रेफरेन्स

  • +१थि ५:६

१ कोरिन्थी ११:३२

फुटनोट

  • *

    अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +हिब्रू १२:५
  • +२प २:२०; ३:७

१ कोरिन्थी ११:३४

मार्जिनल रेफरेन्स

  • +१को ११:२९

अरू

१ कोरि. ११:१फिलि ३:१७; २थि ३:९
१ कोरि. ११:३रोमी १४:९; एफि ४:१५; कल २:१०
१ कोरि. ११:३एफि ५:२३; १प ३:१
१ कोरि. ११:३१को १५:२७, २८
१ कोरि. ११:५योए २:२८; प्रे २१:८, ९
१ कोरि. ११:७उत्प १:२७
१ कोरि. ११:८उत्प २:२२, २३
१ कोरि. ११:९उत्प २:१८
१ कोरि. ११:१०१को ४:९
१ कोरि. ११:१२उत्प २:२१, २२
१ कोरि. ११:१२१को ८:६
१ कोरि. ११:१९प्रे २०:२९, ३०; १को १:१२; १ति ४:१; २प २:१
१ कोरि. ११:२०लुका २२:१९, २०
१ कोरि. ११:२३मत्ति २६:२०; लुका २२:१४
१ कोरि. ११:२४मत्ति २६:२६; मर्कु १४:२२; रोमी ७:४; १को १०:१७
१ कोरि. ११:२४लुका २२:१९
१ कोरि. ११:२५मत्ति २६:२७; मर्कु १४:२३; १को १०:१६
१ कोरि. ११:२५यर्मि ३१:३१; हिब्रू ८:८; ९:१५
१ कोरि. ११:२५लुका २२:२०; हिब्रू ९:१३, १४; १प १:१८, १९
१ कोरि. ११:२५प्रस्थ १२:१४
१ कोरि. ११:२८२को १३:५
१ कोरि. ११:३०१थि ५:६
१ कोरि. ११:३२हिब्रू १२:५
१ कोरि. ११:३२२प २:२०; ३:७
१ कोरि. ११:३४१को ११:२९
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
  • ३३
  • ३४
पवित्र बाइबल नयाँ संसार अनुवाद
१ कोरिन्थी ११:१-३४

पहिलो कोरिन्थी

११ मैले ख्रिष्टको अनुकरण गरेजस्तै तिमीहरू मेरो अनुकरण गर।+

२ म तिमीहरूको तारिफ गर्छु किनकि सबै कुरामा तिमीहरू मलाई सम्झन्छौ अनि मैले तिमीहरूलाई जे-जस्ता शिक्षाहरू दिएको थिएँ, त्यसलाई तिमीहरूले पक्रिराखेका छौ। ३ तर तिमीहरूले यो कुरा बुझ भनी म चाहन्छु, हरेक पुरुषको शिर ख्रिष्ट हुनुहुन्छ;+ त्यसैगरि स्त्रीको शिर पुरुष+ अनि ख्रिष्टको शिर परमेश्‍वर हुनुहुन्छ।+ ४ आफ्नो शिर ढाकेर प्रार्थना वा भविष्यवाणी गर्ने पुरुषले आफ्नो शिरको बेइज्जत गर्छ। ५ तर शिर नढाकी प्रार्थना वा भविष्यवाणी गर्ने स्त्रीले+ आफ्नो शिरको बेइज्जत गर्छे किनकि त्यसो गर्नु भनेको कपाल खौरिएकी स्त्री हुनुजस्तै हो। ६ यदि कुनै स्त्रीले आफ्नो शिर ढाक्दिन भने उसले आफ्नो कपाल काटोस्‌। तर यदि स्त्रीले कपाल काट्‌नु वा खौरनु अपमानजनक कुरा हो भने उसले आफ्नो शिर ढाकोस्‌।

७ पुरुषले आफ्नो शिर ढाक्नु हुँदैन किनकि ऊ परमेश्‍वरको प्रतिरूप+ अनि महिमा हो तर स्त्रीचाहिँ पुरुषको महिमा हो। ८ किनकि परमेश्‍वरले स्त्रीबाट पुरुष बनाउनुभएको होइन तर पुरुषबाट स्त्री बनाउनुभएको हो।+ ९ त्यसैगरि स्त्रीको निम्ति पुरुष सृष्टि गरिएको होइन तर पुरुषको निम्ति स्त्री सृष्टि गरिएकी हो।+ १० त्यसैकारण स्वर्गदूतहरूको खातिर+ स्त्रीले अधीनताको चिन्हस्वरूप आफ्नो शिर ढाक्नुपर्छ।

११ यसबाहेक प्रभुका चेलाहरूमाझ स्त्रीविना पुरुषको अस्तित्व हुँदैन न त पुरुषविना स्त्रीको अस्तित्व हुन्छ। १२ किनकि स्त्री पुरुषको शरीरबाट सृष्टि गरिएको हो+ र पुरुषचाहिँ स्त्रीबाट जन्मेको हो। तर सबै थोक परमेश्‍वरबाटै आएका हुन्‌।+ १३ तिमीहरू आफै फैसला गर: के स्त्रीले शिर नढाकी परमेश्‍वरलाई प्रार्थना गर्नु उचित हो? १४ के प्रकृति आफैले लामो कपाल पुरुषको निम्ति अनादर हो भनेर तिमीहरूलाई सिकाउँदैन? १५ तर स्त्रीको कपाल लामो छ भने त्यो उसको निम्ति गौरव हो किनकि शिरपोसको साटो तिनलाई कपाल दिइएको छ। १६ तथापि यदि कुनै मानिस अरू नै चलनलाई लिएर बहस गर्न चाहन्छ भने हामीसित अरू कुनै चलन छैन न त परमेश्‍वरका मण्डलीहरूसित छ।

१७ तर यी निर्देशनहरू दिँदा म तिमीहरूको तारिफ गर्दिनँ किनकि तिमीहरू भेला हुँदा तिमीहरूको फाइदाभन्दा बढ्‌ता हानि नै भइरहेको छ। १८ किनकि पहिलो कुरा त, तिमीहरू मण्डलीमा भेला हुँदा तिमीहरूबीच फूट हुन्छ भनेर मैले सुनेको छु र केही हदसम्म म त्यो पत्याउँछु। १९ तिमीहरूबीच गुटबन्दी पनि पक्कै हुनेछ+ र यसले गर्दा तिमीहरूमाझ परमेश्‍वरले स्विकार्नुभएका मानिसहरू को हुन्‌, त्यो प्रकट हुनेछ।

२० जब तिमीहरू एक ठाउँमा भेला हुन्छौ, वास्तवमा तिमीहरू प्रभुको साँझको भोज खान भेला हुँदैनौ।+ २१ किनकि प्रभुको साँझको भोज खाने बेला सुरु हुनुअघि नै कसै-कसैले साँझको खाना खाइसकेका हुन्छन्‌, त्यसैले कोही भोकै हुन्छन्‌ त कोही पिएर मात्तिसकेका हुन्छन्‌। २२ के खान र पिउनलाई तिमीहरूको आफ्नै घर छैन? वा के तिमीहरू परमेश्‍वरको मण्डलीलाई तुच्छ सम्झन्छौ अनि केही नहुनेलाई लाजमा पार्छौ? म तिमीहरूलाई के भनूँ? के म तिमीहरूको तारिफ गरूँ? यो कुरामा म तिमीहरूको तारिफ गर्दिनँ।

२३ प्रभुबाट मैले जे पाएँ, तिमीहरूलाई त्यही सिकाएँ। यही कि जुन रात+ प्रभु येसुलाई धोका दिइने थियो, त्यो रात उहाँले रोटी लिनुभयो २४ र धन्यवाद चढाएपछि भाँचेर यसो भन्‍नुभयो: “यो तिमीहरूका लागि दिइने मेरो शरीरको प्रतीक हो।+ मेरो सम्झनामा यो गर्ने गर।”+ २५ साँझको खाना खाइसकेपछि उहाँले कचौरा लिएर त्यसै गर्नुभयो+ र भन्‍नुभयो: “यो कचौरा त्यो नयाँ करारको+ प्रतीक हो, जो मेरो रगतको आधारमा बाँधिनेछ।+ जब-जब तिमीहरू यसबाट पिउँछौ, तब-तब मेरो सम्झनामा यो गर्ने गर।”+ २६ किनकि जब-जब तिमीहरू यो रोटी खान्छौ अनि यो कचौराबाट पिउँछौ, प्रभु नआउन्जेल तिमीहरूले उहाँको मृत्युको घोषणा गरिरहेका हुन्छौ।

२७ यसकारण जसले आफू अयोग्य हुँदाहुँदै पनि रोटी खान्छ वा प्रभुको कचौराबाट पिउँछ, ऊ प्रभुको शरीर र रगतको सन्दर्भमा दोषी हुनेछ। २८ मानिसले पहिला आफूलाई जाँचेर योग्य ठहराओस्‌+ अनि मात्र उसले रोटी खाओस्‌ र कचौराबाट पिओस्‌। २९ किनकि शरीरको अर्थ के हो, त्यो नबुझी खाने र पिउनेले आफूलाई दोषी ठहराउँछ। ३० त्यसैकारण तिमीहरूमध्ये धेरै जना कमजोर र रोगी छौ अनि कति त मृत्युको चिर निद्रामा परिसकेका छन्‌।*+ ३१ तर हामी वास्तवमा के हौँ, जाँचेर थाह लगायौँ भने दोषी ठहरिनेछैनौँ। ३२ तथापि जब हामी दोषी ठहरिन्छौँ, तब हामी यहोवा* परमेश्‍वरबाट अनुशासन पाउँछौँ+ ताकि हामीले संसारसँगै सजाय नपाऔँ।+ ३३ यसकारण हे मेरा भाइ हो, जब तिमीहरू यो भोज खान भेला हुन्छौ, तब एकअर्कालाई पर्ख। ३४ यदि कसैलाई भोक लागेको छ भने उसले घरमै खाओस्‌ नत्र त तिमीहरू दोषी साबित हुन भेला भइरहेका हुनेछौ।+ बाँकी अरू कुराचाहिँ म त्यहीँ आएर मिलाउँला।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने