प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ पत्रुस १
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

१ पत्रुस विषयवस्तु

      • अभिवादन (१, २)

      • नयाँ जन्म दिएर जीवित आशा (३-१२)

      • आज्ञाकारी बालकहरू भएर पवित्र होओ (१३-२५)

१ पत्रुस १:१

फुटनोट

  • *

    वा “पठाइएको जन।” ग्रीक भाषामा “अपोस्टोलस।”

मार्जिनल रेफरेन्स

  • +मत्ति १०:२
  • +प्रे २:५, ९

१ पत्रुस १:२

मार्जिनल रेफरेन्स

  • +हिब्रू १२:२२, २४
  • +रोमी ८:२९
  • +२थि २:१३

१ पत्रुस १:३

मार्जिनल रेफरेन्स

  • +१को १५:२०
  • +१प १:२३
  • +प्रका २०:६

१ पत्रुस १:४

मार्जिनल रेफरेन्स

  • +१को १५:५३; २ति १:१०; १प ५:४
  • +युह १४:२; २ति ४:८

१ पत्रुस १:६

मार्जिनल रेफरेन्स

  • +२को ४:१७; २ति ३:१२

१ पत्रुस १:७

मार्जिनल रेफरेन्स

  • +या १:२, ३
  • +२थि १:७

१ पत्रुस १:९

मार्जिनल रेफरेन्स

  • +रोमी ६:२२

१ पत्रुस १:१०

मार्जिनल रेफरेन्स

  • +मत्ति १३:१७

१ पत्रुस १:११

मार्जिनल रेफरेन्स

  • +दा ९:२४-२७
  • +यसै ५३:५

१ पत्रुस १:१२

मार्जिनल रेफरेन्स

  • +युह १५:२६; प्रे २:४

१ पत्रुस १:१३

मार्जिनल रेफरेन्स

  • +लुका १२:३५
  • +एफि ५:१७; १प ४:७

१ पत्रुस १:१४

फुटनोट

  • *

    वा “ढालिन।”

१ पत्रुस १:१५

मार्जिनल रेफरेन्स

  • +व्य २८:९; रोमी १२:१; हिब्रू १२:१४

१ पत्रुस १:१६

मार्जिनल रेफरेन्स

  • +लेवी ११:४४; १९:२; २०:७, २६

१ पत्रुस १:१७

मार्जिनल रेफरेन्स

  • +व्य १०:१७
  • +२को ७:१

१ पत्रुस १:१८

फुटनोट

  • *

    वा “आफ्नो परम्परास्वरूप।”

  • *

    शा., “तिमीहरूलाई फिरौती तिरेर छुटाइएको छ।”

मार्जिनल रेफरेन्स

  • +१को ६:२०

१ पत्रुस १:१९

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १२:५; लेवी २२:२०; युह १:२९
  • +यसै ५३:१२; हिब्रू ९:१४
  • +१को ५:७

१ पत्रुस १:२०

मार्जिनल रेफरेन्स

  • +युह १७:५; एफि १:४
  • +कल १:२६, २७

१ पत्रुस १:२१

मार्जिनल रेफरेन्स

  • +युह १४:६
  • +प्रे २:२४
  • +हिब्रू २:९

१ पत्रुस १:२२

मार्जिनल रेफरेन्स

  • +रोमी १२:९; १यु ३:१७
  • +१ति १:५

१ पत्रुस १:२३

फुटनोट

  • *

    अर्थात्‌, फल फलाउन सक्ने बिउ।

मार्जिनल रेफरेन्स

  • +युह ३:६
  • +युह ६:६३; या १:१८
  • +युह ३:३; २को ५:१७; १प १:३; १यु ३:९

१ पत्रुस १:२५

फुटनोट

  • *

    अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +यसै ४०:६-८
  • +ति १:३

अरू

१ पत्रु. १:१मत्ति १०:२
१ पत्रु. १:१प्रे २:५, ९
१ पत्रु. १:२हिब्रू १२:२२, २४
१ पत्रु. १:२रोमी ८:२९
१ पत्रु. १:२२थि २:१३
१ पत्रु. १:३१को १५:२०
१ पत्रु. १:३१प १:२३
१ पत्रु. १:३प्रका २०:६
१ पत्रु. १:४१को १५:५३; २ति १:१०; १प ५:४
१ पत्रु. १:४युह १४:२; २ति ४:८
१ पत्रु. १:६२को ४:१७; २ति ३:१२
१ पत्रु. १:७या १:२, ३
१ पत्रु. १:७२थि १:७
१ पत्रु. १:९रोमी ६:२२
१ पत्रु. १:१०मत्ति १३:१७
१ पत्रु. १:११दा ९:२४-२७
१ पत्रु. १:११यसै ५३:५
१ पत्रु. १:१२युह १५:२६; प्रे २:४
१ पत्रु. १:१३लुका १२:३५
१ पत्रु. १:१३एफि ५:१७; १प ४:७
१ पत्रु. १:१५व्य २८:९; रोमी १२:१; हिब्रू १२:१४
१ पत्रु. १:१६लेवी ११:४४; १९:२; २०:७, २६
१ पत्रु. १:१७व्य १०:१७
१ पत्रु. १:१७२को ७:१
१ पत्रु. १:१८१को ६:२०
१ पत्रु. १:१९प्रस्थ १२:५; लेवी २२:२०; युह १:२९
१ पत्रु. १:१९यसै ५३:१२; हिब्रू ९:१४
१ पत्रु. १:१९१को ५:७
१ पत्रु. १:२०युह १७:५; एफि १:४
१ पत्रु. १:२०कल १:२६, २७
१ पत्रु. १:२१युह १४:६
१ पत्रु. १:२१प्रे २:२४
१ पत्रु. १:२१हिब्रू २:९
१ पत्रु. १:२२रोमी १२:९; १यु ३:१७
१ पत्रु. १:२२१ति १:५
१ पत्रु. १:२३युह ३:६
१ पत्रु. १:२३युह ६:६३; या १:१८
१ पत्रु. १:२३युह ३:३; २को ५:१७; १प १:३; १यु ३:९
१ पत्रु. १:२५यसै ४०:६-८
१ पत्रु. १:२५ति १:३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
पवित्र बाइबल नयाँ संसार अनुवाद
१ पत्रुस १:१-२५

पहिलो पत्रुस

१ येसु ख्रिष्टको प्रेषित,*+ पत्रुसको तर्फबाट पोन्टस, गलातिया, क्यापाडोसिया,+ एसिया अनि बिथिनियामा अस्थायी बासिन्दाका रूपमा तितरबितर भएका चुनिएका जनहरूलाई, २ जसलाई आज्ञाकारी बनाउन र येसु ख्रिष्टको रगत छर्किन+ परमेश्‍वर, हाम्रा बुबाले+ आफ्नो पूर्वज्ञानअनुसार रोज्नुका साथै आफ्नो पवित्र शक्‍तिद्वारा पवित्र पार्नुभएको छ:+

तिमीहरूले पाइरहेको परमेश्‍वरको असीम अनुग्रह र शान्ति प्रशस्त हुँदै जाओस्‌।

३ हाम्रा प्रभु येसु ख्रिष्टका परमेश्‍वर र बुबाको प्रशंसा होस्‌ किनकि येसु ख्रिष्टलाई मृत्युबाट फेरि जीवित पारेर+ परमेश्‍वरले आफ्नो ठूलो कृपाअनुसार हामीलाई नयाँ जन्म+ दिएर जीवित आशा दिनुभयो+ ४ अनि अविनाशी, विशुद्ध र नगुम्ने उत्तराधिकार दिनुभयो।+ यो उत्तराधिकार तिमीहरूका लागि स्वर्गमा साँचिएको छ।+ ५ हो, तिमीहरूसित विश्‍वास भएकोले आखिरी समयमा प्रकट गरिने उद्धारका लागि परमेश्‍वरले आफ्नो शक्‍तिद्वारा तिमीहरूलाई सुरक्षित राखिरहनुभएको छ। ६ यसले गर्दा तिमीहरू ठूलो रमाहट गर्छौ। तर केही समयका लागि भने विभिन्‍न परीक्षाले गर्दा तिमीहरूले दुःख भोग्नुपर्छ+ ७ ताकि यसरी जाँचिएर अमूल्य साबित भएको तिमीहरूको विश्‍वास+ येसु ख्रिष्ट प्रकट हुँदा+ प्रशंसा, महिमा अनि आदर पाउने कारण बन्‍न सकोस्‌। तिमीहरूको जाँचिएको विश्‍वास त्यस्तो सुनभन्दा अनमोल छ, जुन आगोले खारिए तापनि नष्ट भइजान्छ। ८ तिमीहरूले उहाँलाई कहिल्यै देखेनौ तैपनि उहाँलाई प्रेम गर्छौ। अहिले तिमीहरू उहाँलाई देख्दैनौ तैपनि उहाँमाथि विश्‍वास गर्छौ र अवर्णनीय अनि ठूलो रमाहटले खुसी मनाउँछौ। ९ किनकि तिमीहरूलाई थाह छ, तिमीहरूको विश्‍वासले गर्दा तिमीहरूले इनामस्वरूप उद्धार पाउनेछौ।+

१० तिमीहरूका लागि साँचेर राखिएको असीम अनुग्रहको विषयमा भविष्यवाणी गर्ने भविष्यवक्‍ताहरूले यही उद्धारबारे लगनशील भई सोधपुछ गर्नुका साथै होसियार भई खोजतलास गरेका थिए।+ ११ आफूमाथि काम गरिरहेको पवित्र शक्‍तिले ख्रिष्टबारे बताएको कुरा कुन समय वा कुन परिस्थितिमा पूरा हुन्छ होला भनेर ती भविष्यवक्‍ताहरूले खोजतलास गरिरहे।+ किनकि पवित्र शक्‍तिले तिनीहरूलाई ख्रिष्टले भोग्नुहुने दुःखकष्ट+ अनि उहाँले त्यसपछि पाउनुहुने महिमाबारे पहिल्यै बताएको थियो। १२ तिनीहरूले सेवकको रूपमा जे-जे बताए, त्यो तिनीहरूको निम्ति नभई तिमीहरूको निम्ति थियो भनेर तिनीहरूलाई प्रकट गरियो। तिमीहरूलाई सुसमाचार सुनाउनेहरूले स्वर्गबाट पठाइएको पवित्र शक्‍तिद्वारा ती कुरा अहिले तिमीहरूसामु घोषणा गरेका छन्‌।+ स्वर्गदूतहरूसमेत ती कुराहरू बुझ्न अति इच्छा गर्दै छन्‌।

१३ त्यसैले कडा मेहनत गर्नको लागि आफ्नो दिमागलाई तयार पार,+ पूर्णतया सचेत रहो+ अनि येसु ख्रिष्ट प्रकट हुनुहुँदा तिमीहरूलाई देखाइने असीम अनुग्रहमाथि आफ्नो आशा राखिरहो। १४ परमेश्‍वरको ज्ञान नपाउँदा तिमीहरू जुन इच्छाअनुसार चल्थ्यौ, अब आज्ञाकारी बालकहरू भएर त्यसअनुसार चल्न* छोड। १५ तर तिमीहरूलाई बोलाउनुहुने पवित्र परमेश्‍वरजस्तै तिमीहरू पनि आफ्नो सारा चालचलनमा पवित्र होओ+ १६ किनभने यस्तो लेखिएको छ: “तिमीहरू पवित्र हुनै पर्छ किनकि म पवित्र छु।”+

१७ हरेकको कामअनुसार निष्पक्ष न्याय गर्नुहुने बुबालाई+ तिमीहरू पुकार्छौ भने अहिले केही समयको लागि परदेशीको रूपमा जीवन बिताइरहेको बेला तिमीहरू परमेश्‍वरको डर मान्दै चल।+ १८ किनकि तिमीहरूलाई थाह छ, तिमीहरूले आफ्ना पुर्खाहरूबाट* जुन निरर्थक जीवनशैली पाएका थियौ, त्यसबाट तिमीहरू मुक्‍त भएका छौ।*+ यो मुक्‍ति तिमीहरूले चाँदी वा सुनजस्ता नाशवान्‌ वस्तुहरूद्वारा पाएका होइनौ १९ तर निष्खोट अनि बेदाग पाठो+ अर्थात्‌ ख्रिष्टको अमूल्य रगतद्वारा+ पाएका हौ।+ २० हो, संसारको प्रारम्भ हुनुअगावै परमेश्‍वरले ख्रिष्टलाई चुन्‍नुभएको थियो+ तर तिमीहरूका खातिर अन्तको समयमा मात्र उहाँ प्रकट गराइनुभयो।+ २१ उहाँद्वारा तिमीहरू परमेश्‍वरमाथि विश्‍वास गर्छौ।+ तिमीहरूले परमेश्‍वरमाथि विश्‍वास अनि आशा गर्न सक भनेर उहाँले ख्रिष्टलाई मृत्युबाट ब्युँताउनुभयो+ र महिमा दिनुभयो।+

२२ सत्यको वचन पालन गरेर तिमीहरूले आफूलाई शुद्ध पारेको हुनाले तिमीहरूमाझ निष्कपट भ्रातृस्नेह+ छ। त्यसैले एकअर्कालाई हृदयदेखि प्रगाढ प्रेम गर।+ २३ तिमीहरूले विनाशी होइन तर अविनाशी बिउ*+ अर्थात्‌ जीवित र अनन्त परमेश्‍वरको वचनद्वारा+ नयाँ जन्म पाएका छौ।+ २४ किनकि “सबै मानिस घाँसजस्तै छन्‌ अनि तिनीहरूको महिमा मैदानको फूलजस्तै छ; घाँस ओइलाउँछ र फूल पनि झर्छ २५ तर यहोवा* परमेश्‍वरको वचन भने सदासर्वदै रहिरहन्छ।”+ यो “वचन” तिमीहरूलाई सुनाइएको सुसमाचार हो।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने