प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ समुएल २१
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

२ समुएल विषयवस्तु

      • गिबोनीहरू साउलको घरानासित बदला लिन्छन्‌ (१-१४)

      • पलिस्तियालीहरूसित भएका युद्धहरू (१५-२२)

२ समुएल २१:१

मार्जिनल रेफरेन्स

  • +लेवी २६:१८, २०
  • +उत्प ९:६; प्रस्थ २०:१३; गन ३५:३०, ३३

२ समुएल २१:२

मार्जिनल रेफरेन्स

  • +यहो ९:३, २७
  • +उत्प १०:१५, १६
  • +यहो ९:१५

२ समुएल २१:३

फुटनोट

  • *

    शा., “सम्पत्तिले।”

२ समुएल २१:४

मार्जिनल रेफरेन्स

  • +गन ३५:३१

२ समुएल २१:५

मार्जिनल रेफरेन्स

  • +२स २१:१

२ समुएल २१:६

मार्जिनल रेफरेन्स

  • +१स १०:२६
  • +गन २५:४; व्य २१:२२
  • +१स ९:१७

२ समुएल २१:७

मार्जिनल रेफरेन्स

  • +२स ४:४; ९:१०; १९:२४
  • +१स १८:३; २०:४२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ३/२०२२, पृ. १३

२ समुएल २१:८

फुटनोट

  • *

    वा सम्भवतः “मेराबका।”

मार्जिनल रेफरेन्स

  • +२स ३:७
  • +१स १८:२०; २५:४४; २स ३:१४; ६:२३
  • +१स १८:१९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ३/२०२२, पृ. १३

२ समुएल २१:९

मार्जिनल रेफरेन्स

  • +गन ३५:३१; व्य १९:२१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ३/२०२२, पृ. १३

२ समुएल २१:१०

मार्जिनल रेफरेन्स

  • +२स ३:७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ५/१५/२००५, पृ. १९

२ समुएल २१:१२

फुटनोट

  • *

    वा सम्भवतः “जग्गाधनीहरूबाट।”

मार्जिनल रेफरेन्स

  • +२स २:५
  • +१स २८:४; ३१:१, ११, १२; २स १:६; १इ १०:८

२ समुएल २१:१३

मार्जिनल रेफरेन्स

  • +२स २१:९

२ समुएल २१:१४

मार्जिनल रेफरेन्स

  • +१स ९:१; १०:११
  • +यहो १८:२८
  • +यहो ७:२४-२६; २स २४:२५

२ समुएल २१:१५

मार्जिनल रेफरेन्स

  • +२स ५:१७, २२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/१५/२०१३, पृ. ३०-३१

२ समुएल २१:१६

फुटनोट

  • *

    लगभग ३.४२ किलोग्राम। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +व्य २:११
  • +१स १७:४, ७; १इ ११:२३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/१५/२०१३, पृ. ३०-३१

२ समुएल २१:१७

मार्जिनल रेफरेन्स

  • +२स २३:१८, १९
  • +२स २२:१९
  • +२स १८:३
  • +१रा ११:३६; १५:४; २रा ८:१९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/१५/२०१३, पृ. ३०-३१

२ समुएल २१:१८

मार्जिनल रेफरेन्स

  • +१इ २०:४
  • +१इ ११:२६, २९; २७:१, ११
  • +उत्प १४:५

२ समुएल २१:१९

मार्जिनल रेफरेन्स

  • +१इ २०:५
  • +१स १७:४, ७

२ समुएल २१:२०

मार्जिनल रेफरेन्स

  • +१इ २०:६-८

२ समुएल २१:२१

मार्जिनल रेफरेन्स

  • +१स १७:१०, ४५; २रा १९:२२
  • +१स १६:९; १७:१३; १इ २:१३

२ समुएल २१:२२

मार्जिनल रेफरेन्स

  • +भज ६०:१२

अरू

२ समु. २१:१लेवी २६:१८, २०
२ समु. २१:१उत्प ९:६; प्रस्थ २०:१३; गन ३५:३०, ३३
२ समु. २१:२यहो ९:३, २७
२ समु. २१:२उत्प १०:१५, १६
२ समु. २१:२यहो ९:१५
२ समु. २१:४गन ३५:३१
२ समु. २१:५२स २१:१
२ समु. २१:६१स १०:२६
२ समु. २१:६गन २५:४; व्य २१:२२
२ समु. २१:६१स ९:१७
२ समु. २१:७२स ४:४; ९:१०; १९:२४
२ समु. २१:७१स १८:३; २०:४२
२ समु. २१:८२स ३:७
२ समु. २१:८१स १८:२०; २५:४४; २स ३:१४; ६:२३
२ समु. २१:८१स १८:१९
२ समु. २१:९गन ३५:३१; व्य १९:२१
२ समु. २१:१०२स ३:७
२ समु. २१:१२२स २:५
२ समु. २१:१२१स २८:४; ३१:१, ११, १२; २स १:६; १इ १०:८
२ समु. २१:१३२स २१:९
२ समु. २१:१४१स ९:१; १०:११
२ समु. २१:१४यहो १८:२८
२ समु. २१:१४यहो ७:२४-२६; २स २४:२५
२ समु. २१:१५२स ५:१७, २२
२ समु. २१:१६व्य २:११
२ समु. २१:१६१स १७:४, ७; १इ ११:२३
२ समु. २१:१७२स २३:१८, १९
२ समु. २१:१७२स २२:१९
२ समु. २१:१७२स १८:३
२ समु. २१:१७१रा ११:३६; १५:४; २रा ८:१९
२ समु. २१:१८१इ २०:४
२ समु. २१:१८१इ ११:२६, २९; २७:१, ११
२ समु. २१:१८उत्प १४:५
२ समु. २१:१९१इ २०:५
२ समु. २१:१९१स १७:४, ७
२ समु. २१:२०१इ २०:६-८
२ समु. २१:२११स १७:१०, ४५; २रा १९:२२
२ समु. २१:२११स १६:९; १७:१३; १इ २:१३
२ समु. २१:२२भज ६०:१२
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
पवित्र बाइबल नयाँ संसार अनुवाद
२ समुएल २१:१-२२

दोस्रो समुएल

२१ दाउदको शासनकालमा तीन वर्षसम्म अनिकाल पऱ्‍यो।+ त्यसैले उनले यहोवा परमेश्‍वरसित सल्लाह मागे। यहोवा परमेश्‍वरले यसो भन्‍नुभयो: “साउल र तिनको घराना हत्याको दोषी छ किनकि तिनले गिबोनीहरूलाई मारेका थिए।”+ २ त्यसैले राजाले गिबोनीहरूलाई बोलाए+ र उनीहरूसित कुरा गरे। (गिबोनीहरू इस्राएली थिएनन्‌। उनीहरू बाँकी रहेका एमोरीहरू थिए।+ इस्राएलीहरूले उनीहरूलाई जिउँदै छोड्‌ने शपथ खाएका थिए+ तर साउलले इस्राएलीहरू र यहुदीहरूको खातिर जोसमा आएर गिबोनीहरूलाई नाश गर्न खोजेका थिए।) ३ दाउदले गिबोनीहरूलाई भने: “म तिमीहरूको निम्ति के गरूँ? मैले यस पापको प्रायश्‍चित कसरी गरेँ भने यहोवा परमेश्‍वरका मानिसहरूले* आशिष्‌ पाऊन्‌ भनी तिमीहरूले प्रार्थना गर्नेछौ?” ४ त्यसपछि गिबोनीहरूले दाउदलाई भने: “साउल र तिनको घरानाले हामीलाई जे गरेका छन्‌, त्यसको क्षतिपूर्ति सुन वा चाँदीले हुन सक्दैन।+ तर हामीसित इस्राएलमा कसैलाई मार्ने अधिकार पनि छैन।” तब दाउदले भने: “तिमीहरू जे भन्छौ, त्यो म तिमीहरूको निम्ति गर्नेछु।” ५ उनीहरूले राजालाई भने: “जसले हामीलाई नाश गऱ्‍यो र हामी इस्राएलीहरूको इलाकामा कतै पनि बस्न नसकौँ भनेर हाम्रो नामोनिसान मेटाउने षड्‌यन्त्र रच्यो,+ ६ त्यस मानिसका सात जना छोरालाई हाम्रो हातमा सुम्पिदिनुहोस्‌। हामी तिनीहरूको लास यहोवा परमेश्‍वरसामु गिबाहमा+ झुन्ड्‌याइदिनेछौँ,+ जुन यहोवा परमेश्‍वरको चुनिएका जन साउलको सहर हो।”+ तब राजाले उनीहरूलाई भने: “हुन्छ, म तिनीहरूलाई तिमीहरूको हातमा सुम्पनेछु।”

७ तर राजाले साउलका नाति, जोनाथनका छोरा मपिबोसेतलाई भने दया देखाए+ किनकि दाउदले यहोवा परमेश्‍वरसामु साउलका छोरा जोनाथनसित शपथ खाएका थिए।+ ८ त्यसैले राजाले साउलका दुई जना छोरा अर्मोनि र मपिबोसेतलाई लिए, जसलाई अय्याकी छोरी रिज्पाहले जन्माएकी थिइन्‌।+ साथै तिनले साउलकी छोरी मिकलका*+ पाँच जना छोरालाई पनि लिए, जसलाई मिकलले मेहोलाथी बार्जिलैका छोरा अद्रिएलबाट+ जन्माएकी थिइन्‌। ९ त्यसपछि राजाले तिनीहरूलाई गिबोनीहरूको हातमा सुम्पिदिए। गिबोनीहरूले तिनीहरूलाई मारे र तिनीहरूको लास यहोवा परमेश्‍वरसामु डाँडामा झुन्ड्‌याइदिए।+ यसरी ती सात जना एकसाथ मरे। तिनीहरू फसलको समयको सुरुतिर अर्थात्‌ जौ कटनीको सुरुतिर मारिएका थिए। १० तब अय्याकी छोरी रिज्पाहले+ भाङ्‌ग्रा लिइन्‌ र चट्टानमा बिछ्याएर त्यसमाथि बसिन्‌। तिनी फसलको समयको सुरुदेखि ती लासहरूमाथि आकाशबाट पानी नपरेको दिनसम्म त्यहीँ बसिन्‌। तिनले दिउँसो आकाशका चराचुरुङ्‌गीलाई ती लासहरूमाथि आएर बस्न दिइनन्‌ अनि राती जङ्‌गली जनावरहरूलाई ती लासहरूको छेउमा आउन दिइनन्‌।

११ अय्याकी छोरी, साउलकी उपपत्नी रिज्पाहले गरेको यस कामबारे दाउदलाई बताइयो। १२ तब उनी गएर याबेस-गिलादका+ नाइकेहरूबाट* साउल र तिनका छोरा जोनाथनका हड्डीहरू ल्याए। पलिस्तियालीहरूले गिल्बोमा साउललाई मारेपछि साउल र जोनाथनको लास बेथ-सानको चोकमा झुन्ड्‌याइदिएका थिए। अनि याबेस-गिलादका नाइकेहरूले साउल र जोनाथनको लास चोरेर लगेका थिए।+ १३ दाउदले याबेस-गिलादबाट साउल र जोनाथनका हड्डीहरू ल्याए। तिनीहरूले ती मारिएका मानिसहरूको हड्डी पनि जम्मा गरे।+ १४ त्यसपछि तिनीहरूले साउल र तिनका छोरा जोनाथनका हड्डीहरू साउलको बुबा किसको चिहानमा+ गाडिदिए, जुन बिन्यामिनीहरूको इलाकाको जेला भन्‍ने ठाउँमा थियो।+ राजाले जे-जे आज्ञा दिएका थिए, तिनीहरूले ती सबै गरिसकेपछि परमेश्‍वरले तिनीहरूको बिन्ती सुन्‍नुभयो र देशलाई आशिष्‌ दिनुभयो।+

१५ फेरि एक पटक पलिस्तियालीहरू र इस्राएलीहरूबीच लडाइँ भयो।+ दाउद र उनका सेवकहरू गएर पलिस्तियालीहरूसित लडाइँ गरे। अनि दाउद साह्रै थाके। १६ रेफाई वंशको+ इस्बि-बनोब नाम गरेको एक जना पलिस्तियाली थियो। इस्बि-बनोबको तामाको भालाको तौल ३०० शेकेल* थियो+ र उसले नयाँ तरबार भिरेको थियो। उसले दाउदलाई मार्न खोज्यो। १७ तब जेरुयाहका छोरा अबिसै+ दाउदलाई मदत गर्न तुरुन्तै आए+ र त्यस पलिस्तियालीलाई प्रहार गरेर मारे। त्यतिबेला दाउदका मानिसहरूले यस्तो शपथ खाए: “अबदेखि हामी तपाईँलाई हामीसँग लडाइँमा आउन दिनेछैनौँ!+ इस्राएलको दियो निभ्नु उचित होइन!”+

१८ केही समयपछि इस्राएलीहरू र पलिस्तियालीहरूबीच गोबमा फेरि लडाइँ भयो।+ त्यस लडाइँमा हुसाही सिब्बकैले+ साप नाम गरेको पलिस्तियालीलाई मारे, जो रेफाई वंशको थियो।+

१९ इस्राएलीहरू र पलिस्तियालीहरूबीच फेरि गोबमा लडाइँ भयो।+ त्यस लडाइँमा बेतलेहेममा बस्ने यारे-ओरगिमका छोरा एल्हानानले गाथका गोल्यतलाई मारे। गोल्यतको भालाको बिँड कपडा बुन्‍ने तानको डन्डाजत्रै ठूलो थियो।+

२० इस्राएलीहरू र पलिस्तियालीहरूबीच गाथमा फेरि लडाइँ भयो। त्यहाँ एउटा अजङ्‌गको पलिस्तियाली थियो, जसको दुइटै हात र दुइटै खुट्टामा छ-छ वटा औँला थिए। उसको हात र खुट्टामा जम्मा २४ वटा औँला थिए। ऊ पनि रेफाई वंशकै थियो।+ २१ उसले इस्राएलीहरूको खिसी गरिरह्‍यो।+ त्यसैले दाउदका दाइ सिमिका+ छोरा जोनाथनले उसलाई मारे।

२२ रेफाई वंशका यी चार पलिस्तियाली गाथमा बस्थे। तिनीहरू दाउद र तिनका सेवकहरूको हातबाट मारिए।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने