पहिलो इतिहास
३ दाउदका यी छोराहरू हेब्रोनमा जन्मिएका थिए:+ जेठा अम्नोन,+ जसलाई यिज्रेलकी अहिनोमले+ जन्माएकी थिइन्; माहिला दानिएल, जसलाई कर्मेली अबिगेलले+ जन्माएकी थिइन्; २ साहिँला अब्सालोम,+ जसलाई गेसुरका राजा तल्मैकी छोरी माकाहले जन्माएकी थिइन्; काहिँला अदोनियाह,+ जसलाई हग्गिथले जन्माएकी थिइन्। ३ ठाहिँला सेपत्याह, जसलाई अबितलले जन्माएकी थिइन् अनि कान्छा इथ्राम, जसलाई दाउदकी पत्नी एग्लाहले जन्माएकी थिइन्। ४ दाउदका यी छ जना छोरा हेब्रोनमा जन्मिएका थिए। तिनले हेब्रोनबाट साढे सात वर्ष अनि यरुसलेमबाट ३३ वर्ष शासन गरे।+
५ दाउदका यी छोराहरूचाहिँ यरुसलेममा जन्मिएका थिए:+ सिमेअ, सोबाब, नातान+ र सुलेमान।+ यी चार जनालाई अम्मिएलकी छोरी बेतसेबाले+ जन्माएकी थिइन्। ६ दाउदका अरू नौ जना छोरा यी थिए: इभार, एलिसामा, एलिपेलेत, ७ नोगह, नेपेग, यापि, ८ एलिसामा, एलियादा र एलिपेलेत। ९ यिनीहरू सबै दाउदका छोराहरू थिए र यिनीहरूकी बहिनी तामार+ थिइन्। यसबाहेक दाउदका उपपत्नीहरूले पनि छोराहरू जन्माएका थिए।
१० सुलेमानका छोरा रहबाम+ थिए। रहबामका छोरा अबियाह+ थिए। अबियाहका छोरा आसा+ थिए। आसाका छोरा यहोसापात+ थिए। ११ यहोसापातका छोरा यहोराम+ थिए। यहोरामका छोरा आहाज्याह+ थिए। आहाज्याहका छोरा यहोआस+ थिए। १२ यहोआसका छोरा अमस्याह+ थिए। अमस्याहका छोरा अजर्याह+ थिए। अजर्याहका छोरा योताम+ थिए। १३ योतामका छोरा आहाज+ थिए। आहाजका छोरा हिजकियाह+ थिए। हिजकियाहका छोरा मनस्से+ थिए। १४ मनस्सेका छोरा अमोन+ थिए। अमोनका छोरा योसियाह+ थिए। १५ योसियाहका छोराहरू यी थिए: जेठा योहानान, माहिला यहोयाकिम,+ साहिँला सिदकियाह+ र कान्छा साल्लुम। १६ यहोयाकिमका छोरा येकोनिया+ थिए। येकोनियाका छोरा सिदकियाह थिए। १७ कैदी येकोनियाका छोराहरू यी थिए: सालतिएल, १८ मल्किराम, पदायाह, सेनज्जर, यकम्याह, होसामा र नदब्याह। १९ पदायाहका छोराहरू यरुबाबेल+ र सिमि थिए अनि यरुबाबेलका छोराहरू मेसुल्लाम र हानन्याह थिए। (सेलोमिथ तिनीहरूकी बहिनी थिइन्।) २० पदायाहका अरू पाँच जना छोरा हसुबा, ओहेल, बरक्याह, हासदियाह र युसब-हेसेद थिए। २१ हानन्याहका छोराहरू पलात्याह र यसायाह थिए। यसायाहका छोरा रफायाह थिए। रफायाहका छोरा अर्नान थिए। अर्नानका छोरा ओबदियाह थिए। ओबदियाहका छोरा सेकन्याह थिए। २२ अनि सेकन्याहका सन्तान यी थिए: तिनका छोरा सेमायाह र सेमायाहका छोराहरू हात्तुस, इगाल, बारिआ, नरियाह र सापात। यिनीहरू जम्मा छ जना थिए। २३ नरियाहका छोराहरू तीन जना थिए—एलियोनै, हिज्कियाह र अज्रिकाम। २४ अनि एलियोनैका छोराहरू सात जना थिए—होदबियाह, एलियासिब, पलायाह, अक्कुब, योहानान, दलायाह र अनानी।