प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ इतिहास १७
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

२ इतिहास विषयवस्तु

      • यहुदाका राजा यहोसापात (१-६)

      • शैक्षिक अभियान (७-९)

      • यहोसापातको सैन्य शक्‍ति (१०-१९)

२ इतिहास १७:१

मार्जिनल रेफरेन्स

  • +१रा १५:२४; २२:४१

२ इतिहास १७:२

मार्जिनल रेफरेन्स

  • +२इ १५:८

२ इतिहास १७:३

मार्जिनल रेफरेन्स

  • +२स ८:१५

२ इतिहास १७:४

मार्जिनल रेफरेन्स

  • +व्य ४:२९; २इ २६:१, ५
  • +१रा १२:२८-३०; १३:३३

२ इतिहास १७:५

मार्जिनल रेफरेन्स

  • +१रा ९:४, ५; भज १३२:१२
  • +२इ १८:१

२ इतिहास १७:६

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +१रा २२:४२, ४३
  • +व्य ७:५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ६/१/२००९, पृ. १८

२ इतिहास १७:८

मार्जिनल रेफरेन्स

  • +व्य ३३:८, १०; मला २:७

२ इतिहास १७:९

मार्जिनल रेफरेन्स

  • +व्य ३१:११; यहो १:७, ८; नहे ८:७

२ इतिहास १७:१२

मार्जिनल रेफरेन्स

  • +२इ १८:१
  • +२इ १४:२, ६
  • +१रा ९:१९; २इ ८:३, ४

२ इतिहास १७:१४

मार्जिनल रेफरेन्स

  • +२इ १३:३; २६:११-१३

२ इतिहास १७:१७

मार्जिनल रेफरेन्स

  • +उत्प ४९:२७
  • +२इ १४:८

२ इतिहास १७:१९

मार्जिनल रेफरेन्स

  • +२इ ११:५, २३

अरू

२ इति. १७:११रा १५:२४; २२:४१
२ इति. १७:२२इ १५:८
२ इति. १७:३२स ८:१५
२ इति. १७:४व्य ४:२९; २इ २६:१, ५
२ इति. १७:४१रा १२:२८-३०; १३:३३
२ इति. १७:५१रा ९:४, ५; भज १३२:१२
२ इति. १७:५२इ १८:१
२ इति. १७:६१रा २२:४२, ४३
२ इति. १७:६व्य ७:५
२ इति. १७:८व्य ३३:८, १०; मला २:७
२ इति. १७:९व्य ३१:११; यहो १:७, ८; नहे ८:७
२ इति. १७:१२२इ १८:१
२ इति. १७:१२२इ १४:२, ६
२ इति. १७:१२१रा ९:१९; २इ ८:३, ४
२ इति. १७:१४२इ १३:३; २६:११-१३
२ इति. १७:१७उत्प ४९:२७
२ इति. १७:१७२इ १४:८
२ इति. १७:१९२इ ११:५, २३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
पवित्र बाइबल नयाँ संसार अनुवाद
२ इतिहास १७:१-१९

दोस्रो इतिहास

१७ तिनीपछि तिनका छोरा यहोसापात+ राजा भए र उनी इस्राएलमा झन्‌झनै शक्‍तिशाली हुँदै गए। २ उनले यहुदाका पर्खालले घेरिएका सबै सहरमा सिपाहीहरू तैनाथ गराए। उनले यहुदामा र एप्रैमका ती सहरहरूमा सैन्य चौकीहरू खडा गरे, जुन सहरहरूलाई उनका बुबा आसाले कब्जा गरेका थिए।+ ३ यहोवा परमेश्‍वरले यहोसापातलाई निरन्तर साथ दिनुभयो। किनकि उनका पुर्खा दाउद पहिला जुन मार्गमा हिँडेका थिए, उनी पनि त्यही मार्गमा हिँडे।+ उनले बाआल देवताहरूको उपासना गरेनन्‌। ४ बरु उनले आफ्ना बुबाका परमेश्‍वरको खोजी गरे+ अनि उहाँका आज्ञा पालन गरे। उनले इस्राएलको तौरतरिका अपनाएनन्‌।+ ५ यहोवा परमेश्‍वरले उनको राज्यलाई स्थिर पार्दै लैजानुभयो।+ यहुदाका सारा मानिसले उनको निम्ति उपहारहरू ल्याउने गर्थे। उनले थुप्रै धनसम्पत्ति र मानसम्मान हासिल गरे।+ ६ उनी साहसी भएर यहोवा परमेश्‍वरको मार्गमा हिँडिरहे। उनले यहुदाबाट अग्ला थानहरू*+ र पवित्र खामाहरू* समेत हटाए।+

७ उनले आफ्नो शासनकालको तेस्रो वर्षमा आफ्ना भारदारहरू बेन-हेल, ओबदियाह, जकरिया, नेथनेल र मिकायाहलाई बोलाए अनि तिनीहरूलाई यहुदाका सहरहरूमा मानिसहरूलाई शिक्षा दिन पठाए। ८ तिनीहरूसँग यी लेवीहरू पनि गए: सेमायाह, नेथन्याह, जबदियाह, आसाहेल, सेमिरामोथ, यहोनाथान, अदोनियाह, तोबियाह र तोब-अदोनियाह। पुजारीहरू एलिसामा र यहोराम पनि तिनीहरूसँगै गए।+ ९ अनि तिनीहरूले यहुदाका मानिसहरूलाई शिक्षा दिन थाले। तिनीहरूले मानिसहरूलाई यहोवा परमेश्‍वरको व्यवस्थाको पुस्तकबाट सिकाए।+ मानिसहरूलाई शिक्षा दिँदै तिनीहरू यहुदाका सबै सहरमा गए।

१० यहुदावरपरका सम्पूर्ण राज्यहरूमा यहोवा परमेश्‍वरको त्रास फैलियो र उनीहरूले यहोसापातसित लडाइँ गरेनन्‌। ११ पलिस्तियालीहरूले यहोसापातलाई थुप्रै सौगात चढाए अनि तिरो पनि बुझाए। अरबीहरूले पनि आफ्नो बगालबाट उनको निम्ति ७ हजार ७ सय थुमा र ७ हजार ७ सय बोका ल्याए।

१२ यहोसापात झन्‌झन्‌ शक्‍तिशाली भए।+ उनले यहुदामा किल्लाहरू+ र भण्डार गर्ने सहरहरू+ बनाइ नै रहे। १३ उनले यहुदाका सहरहरूमा ठूलठूला परियोजना सञ्चालन गरे। यरुसलेममा उनका वीर योद्धाहरू थिए। १४ उनीहरूलाई आ-आफ्नो बुबापट्टिको घरानाअनुसार यी दलहरूमा बाँडिएको थियो: यहुदाको कुलमा हजार-हजारका नाइकेहरू यी थिए—नाइके अद्‌नाह, जसको नेतृत्वमा ३ लाख वीर योद्धा थिए।+ १५ तिनको अधीनमा नाइके यहोहानान थिए, जसको नेतृत्वमा २ लाख ८० हजार योद्धा थिए। १६ जिक्रिका छोरा अमास्याह पनि अद्‌नाहकै अधीनमा थिए। अमास्याह राजीखुसीले यहोवा परमेश्‍वरको सेवा गर्न अघि सरेका थिए र तिनको नेतृत्वमा २ लाख वीर योद्धा थिए। १७ बिन्यामिनको कुलबाट+ वीर योद्धा एलियादा थिए। तिनको नेतृत्वमा २ लाख योद्धा थिए र उनीहरू सबै भाला र ढालले सुसज्जित थिए।+ १८ एलियादाको अधीनमा यहोजाबाद थिए, जसको नेतृत्वमा हतियार भिरेका १ लाख ८० हजार योद्धा थिए। १९ यी योद्धाहरूले राजाको सेवा गर्थे। यिनीहरूबाहेक राजाका अरू योद्धाहरू पनि थिए, जसलाई उनले यहुदाका पर्खालले घेरिएका सबै सहरमा तैनाथ गरेका थिए।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने