प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • अय्युब १३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

अय्युब विषयवस्तु

      • अय्युब अझै जवाफ दिन्छन्‌ (१-२८)

        • ‘म परमेश्‍वरसित कुरा गर्नेछु’ (३)

        • “तपाईँहरू कामै नलाग्ने वैद्य हुनुहुन्छ” (४)

        • “म निर्दोष छु भनेर मलाई थाह छ” (१८)

        • ‘परमेश्‍वर किन मलाई आफ्नो शत्रु ठान्‍नुहुन्छ?’ (२४)

अय्युब १३:३

मार्जिनल रेफरेन्स

  • +अय्यु २३:३, ४; ३१:३५

अय्युब १३:४

मार्जिनल रेफरेन्स

  • +अय्यु १६:२

अय्युब १३:५

मार्जिनल रेफरेन्स

  • +हित १७:२८; या १:१९

अय्युब १३:९

मार्जिनल रेफरेन्स

  • +भज १३९:२३; यर्मि १७:१०

अय्युब १३:१०

मार्जिनल रेफरेन्स

  • +भज ५०:२०, २१; या २:९

अय्युब १३:१२

फुटनोट

  • *

    शा., “खरानीको उपदेश।”

अय्युब १३:१५

मार्जिनल रेफरेन्स

  • +अय्यु १९:२५; भज २३:४

अय्युब १३:१६

फुटनोट

  • *

    वा “धर्मत्यागी।” शब्दावलीमा “धर्मत्याग” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १५:२; भज २७:१; यसै १२:२
  • +अय्यु २७:८; ३६:१३; यसै ३३:१४

अय्युब १३:१९

फुटनोट

  • *

    वा सम्भवतः “कोही तयार छ भने म चुपचाप बस्नेछु र मर्नेछु।”

अय्युब १३:२१

मार्जिनल रेफरेन्स

  • +अय्यु ९:३४, ३५; ३३:६, ७

अय्युब १३:२४

मार्जिनल रेफरेन्स

  • +भज १०:१; १३:१; ४४:२४
  • +अय्यु १६:९; १९:११; ३३:८-११

अय्युब १३:२८

फुटनोट

  • *

    यसले अय्युबलाई जनाएको हुन सक्छ।

  • *

    कपडा खाने एक किसिमको पुतली।

अरू

अय्यु. १३:३अय्यु २३:३, ४; ३१:३५
अय्यु. १३:४अय्यु १६:२
अय्यु. १३:५हित १७:२८; या १:१९
अय्यु. १३:९भज १३९:२३; यर्मि १७:१०
अय्यु. १३:१०भज ५०:२०, २१; या २:९
अय्यु. १३:१५अय्यु १९:२५; भज २३:४
अय्यु. १३:१६प्रस्थ १५:२; भज २७:१; यसै १२:२
अय्यु. १३:१६अय्यु २७:८; ३६:१३; यसै ३३:१४
अय्यु. १३:२१अय्यु ९:३४, ३५; ३३:६, ७
अय्यु. १३:२४भज १०:१; १३:१; ४४:२४
अय्यु. १३:२४अय्यु १६:९; १९:११; ३३:८-११
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
पवित्र बाइबल नयाँ संसार अनुवाद
अय्युब १३:१-२८

अय्युब

१३ “मैले आफ्नै आँखाले यी सब देखेको छु,

आफ्नै कानले यी सबै सुनेको छु र यी कुराहरू बुझेको छु।

 २ तपाईँहरूलाई जे थाह छ, त्यो मलाई पनि थाह छ।

म कुनै कुरामा तपाईँहरूभन्दा कम छैनँ।

 ३ तर म त सर्वशक्‍तिमान्‌ परमेश्‍वरसितै कुरा गर्नेछु।

म उहाँसित बहस गर्नेछु।+

 ४ तर तपाईँहरू झूट बोलेर मेरो बदनाम गर्नुहुन्छ,

तपाईँहरू कामै नलाग्ने वैद्य हुनुहुन्छ।+

 ५ बरु केही नबोली चुपचाप बसेको भए

तपाईँहरू बुद्धिमान्‌ ठहरिनुहुने थियो।+

 ६ अब बिन्ती! मेरो कुरा सुन्‍नुहोस्‌।

म आफ्नो तर्क पेस गर्छु, ध्यान दिएर सुन्‍नुहोस्‌।

 ७ के तपाईँहरू परमेश्‍वरको पक्ष लिएर झूट बोल्नुहुन्छ?

उहाँको नाममा कपटी कुरा गर्नुहुन्छ?

 ८ के तपाईँहरू उहाँको पक्ष लिनुहुन्छ?

अनि साँचो परमेश्‍वरको तर्फबाट मसित मुद्दा लड्‌नुहुन्छ?

 ९ उहाँले जाँच्नुभयो भने के तपाईँहरूचाहिँ सत्य ठहरिनुहोला र?+

के मानिसलाई जस्तै उहाँलाई पनि छक्याउन सक्नुहुन्छ र?

१० तपाईँहरू परमेश्‍वरको पक्ष लिएको स्वाङ पार्दै हुनुहुन्छ भने+

उहाँले उल्टै तपाईँहरूलाई हप्काउनुहुनेछ।

११ परमेश्‍वरको महानता देखेर के तपाईँहरू डराउनुहुनेछैन?

अनि के उहाँसित तपाईँहरू डरले थरथर काँप्नुहुनेछैन?

१२ तपाईँहरूका ठूलठूला कुराहरू फोस्रा उपदेश* हुन्‌।

तपाईँहरूका तर्कहरू माटोले बनेका ढालहरूजस्तै कमजोर छन्‌।

१३ तपाईँहरू चुप लाग्नुहोस्‌ र मलाई बोल्न दिनुहोस्‌।

त्यसपछि जे आइपरे पनि म भोग्न तयार छु।

१४ म किन आफैलाई खतरामा पारूँ?

अनि आफ्नो ज्यान हत्केलामा राखेर हिँडूँ?

१५ उहाँले मेरो ज्यानै लिन खोजे तापनि म उहाँकै बाटो हेरेर बस्नेछु।+

म आफ्नो मामिला उहाँसामु पेस गर्नेछु।

१६ त्यसपछि उहाँले मेरो उद्धार गर्नुहुनेछ।+

किनकि कुनै पनि भक्‍तिहीन* मानिस उहाँसामु खडा हुन सक्दैन।+

१७ मेरो कुरा कान थापेर सुन्‍नुहोस्‌।

म जे भन्छु, त्यसमा ध्यान दिनुहोस्‌।

१८ हेर्नुहोस्‌, अब म परमेश्‍वरसित मुद्दा लड्‌न तयार छु

अनि म निर्दोष छु भनेर मलाई थाह छ।

१९ मसँग बहस गर्न को तयार छ?

म चुपचाप बस्नुपऱ्‍यो भने त मर्छु होला!*

२० हे परमेश्‍वर, केवल यी दुई कुरा पन्छाइदिनुहोस्‌

र म तपाईँबाट लुक्नेछैनँ:

२१ तपाईँको गह्रौँ हात मबाट टाढा लैजानुहोस्‌

र मलाई तर्साउन बन्द गर्नुहोस्‌।+

२२ या त मसित कुरा गर्नुहोस्‌ र म तपाईँलाई जवाफ दिनेछु;

नभए मलाई बोल्न दिनुहोस्‌ र तपाईँ मलाई जवाफ दिनुहोस्‌।

२३ मैले के गल्ती गरेँ? के पाप गरेँ?

मलाई मेरो दोष देखाइदिनुहोस्‌।

२४ तपाईँ किन आफ्नो अनुहार अन्तै फर्काउनुहुन्छ+

र मलाई आफ्नो शत्रु ठान्‍नुहुन्छ?+

२५ के तपाईँ हावामा उडेको पातलाई तर्साउन खोज्नुहुन्छ?

अथवा जाबो भुसलाई पनि लखेट्‌नुहुन्छ?

२६ तपाईँ मेरो एक-एक गल्तीको हिसाब राख्नुहुन्छ

र मैले युवावस्थामा गरेका गल्तीको सजाय मलाई दिनुहुन्छ।

२७ तपाईँले मेरो खुट्टा ठिँगुरोमा हालिदिनुभएको छ।

तपाईँ मेरो हर कदम नियाल्नुहुन्छ

र मेरो हरेक पाइला पछ्याउँदै मेरो पछिपछि आउनुहुन्छ।

२८ त्यसैले मानिस* सडेगलेको कुराजस्तै नष्ट भएर जान्छ,

किराले* खाएको कपडाझैँ विनाश हुन्छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने