भजनसङ्ग्रह
मास्किल।* गुफामा छँदा+ दाउदले गरेको प्रार्थना।
१४२ म मदतको लागि यहोवालाई पुकार्छु;+
अनुग्रह पाउन म यहोवालाई बिन्ती गर्छु।
२ म आफ्नो सबै चिन्ता उहाँलाई पोख्छु;
म आफ्नो मनको पीडा उहाँमा बिसाउँछु;+
३ जब म कमजोर हुन्छु, तब म उहाँलाई पुकार्छु।
अनि मेरो मार्गमा तपाईँ नजर लगाउनुहुन्छ।+
म हिँड्ने बाटोमा
मेरा शत्रुहरूले मेरो लागि पासो लुकाइराख्छन्।
५ हे यहोवा, मदतको लागि म तपाईँलाई पुकार्छु।
म भन्छु: “तपाईँ मेरो शरणस्थान हुनुहुन्छ,+
जीवितहरूको देशमा तपाईँ नै मेरो सबथोक* हुनुहुन्छ।”
६ मदतको लागि मैले पुकार्दा ध्यान दिनुहोस्
किनकि म ज्यादै दुःखमा परेको छु।
मेरो खेदो गर्नेहरूबाट मलाई बचाउनुहोस्+
किनकि तिनीहरू मभन्दा शक्तिशाली छन्।
७ मलाई कालकोठरीबाट निकाल्नुहोस्
ताकि मैले तपाईँको नामको प्रशंसा गर्न सकूँ।
धर्मीहरू मेरो वरिपरि भेला होऊन्
किनकि तपाईँले मलाई दया देखाउनुहुन्छ।