भजनसङ्ग्रह
निर्देशकलाई; कोरहवंशीको+ एउटा भजन।
४७ हे सबै देशका मानिसहरू हो, ताली बजाओ।
रमाहट गर्दै ठूलठूलो स्वरमा परमेश्वरको जयजयकार गर।
३ उहाँ मानिसहरूलाई हाम्रो अधीनमा ल्याउनुहुन्छ;
जातिजातिका मानिसहरूलाई हाम्रो पैतालामुनि पार्नुहुन्छ।+
४ हाम्रो लागि उहाँले नै उत्तराधिकार रोज्नुहुन्छ,+
त्यो देश जुन परमेश्वरले माया गर्नुहुने याकुबको गौरव हो।+ (सेला)
५ जयजयकारको स्वर गुञ्जिँदै गर्दा परमेश्वर सिंहासनमा विराजमान हुनुभएको छ;
मानिसहरूले सिङ* फुक्दै गर्दा यहोवा सिंहासनमा बस्नुभएको छ।
६ परमेश्वरको स्तुति गाओ,* उहाँको स्तुति गाओ।
हाम्रा राजाको स्तुति गाओ, उहाँको स्तुति गाओ।
७ किनभने उहाँ सारा पृथ्वीका महाराजा हुनुहुन्छ;+
उहाँको स्तुति गाओ र आफ्नो बुद्धि प्रकट गर।
८ जातिजातिका बीचमा परमेश्वर राजा हुनुभएको छ।+
उहाँ आफ्नो पवित्र सिंहासनमा विराजमान हुनुभएको छ।