भजनसङ्ग्रह
निर्देशकलाई; “नाश हुन नदिनुहोस्”-अनुसार। दाउदको रचना। मिक्ताम।*
५८ ए मानिसहरू हो, तिमीहरू चुपचाप रहेर कसरी धार्मिकताको बखान गर्न सक्छौ?+
के तिमीहरू उचित न्याय गर्न सक्छौ?+
६ हे परमेश्वर, दुष्टहरूका सबै दाँत झारिदिनुहोस्!
हे यहोवा, यी सिंहहरूका बङ्गारा भाँचिदिनुहोस्!
७ तिनीहरू बगेर जाने पानीझैँ हराएर जाऊन्,
उहाँले धनुमा ताँदो चढाऊन् र उहाँको काँडले तिनीहरू ढलून्।
८ तिनीहरू घस्रँदा-घस्रँदा बिलाएर जाने चिप्लेकिराजस्तै होऊन्;
तिनीहरू गर्भमै मरेको बच्चाजस्तै होऊन्, जसले सूर्यको किरण कहिल्यै देख्न पाउँदैन।
९ तिमीहरूका भाँडाहरूमा काँडाको आगोको राप पर्नुअघि नै
उहाँले आँधीले जस्तै ती हरिया हाँगा र बलिरहेका हाँगालाई उडाएर लैजानुहुनेछ।+