प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान १३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

प्रस्थान विषयवस्तु

      • पहिलो सन्तान यहोवाको हो (१, २)

      • अखमिरा रोटीको चाड (३-१०)

      • पहिलो सन्तान परमेश्‍वरलाई अर्पण गर्नुपर्ने (११-१६)

      • इस्राएलीहरूलाई लाल समुद्रतिर डोऱ्‍याइन्छ (१७-२०)

      • बादलको र आगोको खामो (२१, २२)

प्रस्थान १३:२

फुटनोट

  • *

    वा “पवित्र पार।”

मार्जिनल रेफरेन्स

  • +गन ३:१३; १८:१५; व्य १५:१९; लुका २:२२, २३

प्रस्थान १३:३

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १२:४२; व्य ४:३४; १६:३; नहे ९:१०

प्रस्थान १३:४

फुटनोट

  • *

    अतिरिक्‍त लेख ख१५ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +व्य १६:१

प्रस्थान १३:५

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३:८; ३४:११
  • +प्रस्थ ३:१७; व्य ८:७-९
  • +उत्प १५:१८; प्रस्थ ६:५, ८

प्रस्थान १३:६

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १२:१५; ३४:१८

प्रस्थान १३:७

फुटनोट

  • *

    पहिल्यै मुछेर राखिएको पीठोको बाँकी रहेको डल्लो, जुन खमिरा हुन्थ्यो। नयाँ पीठो मुछ्‌दा त्यसलाई खमिरा बनाउन त्यस्तो डल्लो मिसाउने गरिन्थ्यो।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २३:१५
  • +व्य १६:३

प्रस्थान १३:८

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १२:२६, २७

प्रस्थान १३:९

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १२:१४; व्य ११:१८

प्रस्थान १३:१०

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १२:२४, २५

प्रस्थान १३:११

मार्जिनल रेफरेन्स

  • +उत्प १५:१८

प्रस्थान १३:१२

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २२:२९; ३४:१९, २०; लेवी २७:२६; गन ३:१३; लुका २:२२, २३

प्रस्थान १३:१३

मार्जिनल रेफरेन्स

  • +गन १८:१५

प्रस्थान १३:१४

मार्जिनल रेफरेन्स

  • +व्य ७:७, ८

प्रस्थान १३:१५

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ५:२
  • +प्रस्थ १२:२९; भज ७८:५१

प्रस्थान १३:१६

मार्जिनल रेफरेन्स

  • +व्य ११:१८

प्रस्थान १३:१८

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १४:२, ३; गन ३३:५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ९/२०१८, पृ. २६

प्रस्थान १३:१९

मार्जिनल रेफरेन्स

  • +उत्प ५०:२४, २५; यहो २४:३२; हिब्रू ११:२२

प्रस्थान १३:२१

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १४:१९
  • +गन ९:१५; भज ७८:१४

प्रस्थान १३:२२

मार्जिनल रेफरेन्स

  • +भज १०५:३९; १कोरि. १०:१

अरू

प्रस्थ. १३:२गन ३:१३; १८:१५; व्य १५:१९; लुका २:२२, २३
प्रस्थ. १३:३प्रस्थ १२:४२; व्य ४:३४; १६:३; नहे ९:१०
प्रस्थ. १३:४व्य १६:१
प्रस्थ. १३:५प्रस्थ ३:८; ३४:११
प्रस्थ. १३:५प्रस्थ ३:१७; व्य ८:७-९
प्रस्थ. १३:५उत्प १५:१८; प्रस्थ ६:५, ८
प्रस्थ. १३:६प्रस्थ १२:१५; ३४:१८
प्रस्थ. १३:७प्रस्थ २३:१५
प्रस्थ. १३:७व्य १६:३
प्रस्थ. १३:८प्रस्थ १२:२६, २७
प्रस्थ. १३:९प्रस्थ १२:१४; व्य ११:१८
प्रस्थ. १३:१०प्रस्थ १२:२४, २५
प्रस्थ. १३:११उत्प १५:१८
प्रस्थ. १३:१२प्रस्थ २२:२९; ३४:१९, २०; लेवी २७:२६; गन ३:१३; लुका २:२२, २३
प्रस्थ. १३:१३गन १८:१५
प्रस्थ. १३:१४व्य ७:७, ८
प्रस्थ. १३:१५प्रस्थ ५:२
प्रस्थ. १३:१५प्रस्थ १२:२९; भज ७८:५१
प्रस्थ. १३:१६व्य ११:१८
प्रस्थ. १३:१८प्रस्थ १४:२, ३; गन ३३:५
प्रस्थ. १३:१९उत्प ५०:२४, २५; यहो २४:३२; हिब्रू ११:२२
प्रस्थ. १३:२१प्रस्थ १४:१९
प्रस्थ. १३:२१गन ९:१५; भज ७८:१४
प्रस्थ. १३:२२भज १०५:३९; १कोरि. १०:१
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
पवित्र बाइबल नयाँ संसार अनुवाद
प्रस्थान १३:१-२२

प्रस्थान

१३ यहोवा परमेश्‍वरले मोसालाई यसो पनि भन्‍नुभयो: २ “इस्राएलीहरूका हरेक पहिलो सन्तान मेरो निम्ति छुट्ट्याऊ।* मानिस होस्‌ वा जनावर, तिनीहरूको पहिलो सन्तान मेरै हुन्‌।”+

३ अनि मोसाले मानिसहरूलाई भने: “आजको दिन सधैँ सम्झिराख किनभने तिमीहरूको दासत्वको घर—मिश्रबाट आजकै दिन यहोवा परमेश्‍वरले तिमीहरूलाई आफ्नो पराक्रमी हातले छुटाएर ल्याउनुभयो।+ तिमीहरूले खमिर* हालेको कुनै कुरा नखाओ। ४ अबिब* महिनाको यो दिन तिमीहरू यहाँबाट जाँदै छौ।+ ५ यहोवा परमेश्‍वरले तिमीहरूका पुर्खालाई कनानी, हित्ती, एमोरी, हिव्वी अनि यबुसीहरूको देशमा+ अर्थात्‌ दूध र मह बग्ने देशमा+ लैजान्छु भनेर प्रतिज्ञा गर्नुभएको थियो।+ त्यहाँ पुगेपछि तिमीहरूले हरेक वर्ष यही महिनामा यो चाड मनाउनू: ६ सात दिनसम्म तिमीहरूले खमिर नहालेको रोटी खानू+ अनि सातौँ दिनमा चाहिँ यहोवा परमेश्‍वरको निम्ति चाड मनाउनू। ७ सात दिनसम्म तिमीहरूले खमिर नहालेको रोटी खानू।+ ती सात दिनको दौडान तिमीहरूमाझ खमिर हालिएको कुनै पनि खानेकुरा नभेटियोस्‌।+ तिमीहरूको पूरै इलाकामा खमिरा पीठो* नभेटियोस्‌। ८ अनि त्यो दिन तिमीहरूले आफ्ना छोराहरूलाई भन्‍नू, ‘यहोवा परमेश्‍वरले हामीलाई मिश्रबाट छुटाउन जे गर्नुभयो, त्यसलाई सम्झन हामी यो चाड मनाउँछौँ।’+ ९ यस चाडले तिमीहरूलाई यहोवा परमेश्‍वरको पराक्रमी हातले मिश्रबाट छुटाएको दिनको सम्झना गराउनेछ। त्यसैले यो तिमीहरूको हातमा एउटा चिन्ह र निधारमा पट्टीसरह हुनेछ।+ अनि तिमीहरूले यहोवा परमेश्‍वरको आज्ञाबारे अरूलाई बताउन सक्नेछौ। १० तिमीहरूले हरेक वर्ष यही महिना यो चाड मनाउनू।+

११ “यहोवा परमेश्‍वरले तिमीहरूलाई दिन्छु भनी तिमीहरू र तिमीहरूका पुर्खासित प्रतिज्ञा गर्नुभएको कनानीहरूको देशमा जब तिमीहरूलाई पुऱ्‍याउनुहुन्छ,+ १२ तब तिमीहरूले आफ्नो र जनावरहरूको पहिलो सन्तानचाहिँ यहोवा परमेश्‍वरलाई अर्पण गर्नू। किनकि तिमीहरूको र जनावरहरूको पहिलो सन्तान यहोवा परमेश्‍वरकै हुन्‌।+ १३ पहिले जन्मेको गधालाई छुटाउन त्यसको सट्टा एउटा भेडा चढाउनू। तर त्यस गधालाई छुटाएनौ भने त्यसको घाँटी छिनालेर मार्नू। अनि हरेक पहिलो सन्तानलाई मोल तिरेर छुटाउनू।+

१४ “तिमीहरूका छोराहरूले ‘किन यस्तो गर्नुभएको?’ भनी सोधेमा यसो भन्‍नू, ‘किनभने यहोवा परमेश्‍वरले हामीलाई दासत्वको घर—मिश्रबाट आजकै दिन आफ्नो पराक्रमी हातले छुटाएर ल्याउनुभयो।+ १५ फारोले कठोर भएर हामीलाई मिश्रबाट जान नदिँदा+ यहोवा परमेश्‍वरले त्यहाँका मानिसहरूको र जनावरहरूको पहिलो सन्तानजति सबैलाई मार्नुभयो।+ त्यसैले हामी वस्तुभाउको पहिलो सन्तान यहोवा परमेश्‍वरको लागि बलि चढाउँछौँ र मानिसहरूको पहिलो सन्तानलाई चाहिँ मोल तिरेर छुटाउँछौँ।’ १६ यहोवा परमेश्‍वरले हामीलाई आफ्नो पराक्रमी हातले मिश्रबाट छुटाएर ल्याउनुभएकोले यो चाड तिमीहरूको हातमा एउटा चिन्ह र निधारमा पट्टीसरह हुनेछ।”+

१७ फारोले मानिसहरूलाई जान दिएपछि परमेश्‍वरले तिनीहरूलाई पलिस्तियालीहरूको देश भएर जाने बाटो छोटो भए तापनि त्यस बाटोबाट लैजानुभएन। किनकि परमेश्‍वरले भन्‍नुभयो: “लडाइँ गर्नुपऱ्‍यो भने यी मानिसहरूले आफ्नो मन फेर्लान्‌ र मिश्रतिरै फर्कलान्‌।” १८ त्यसैले परमेश्‍वरले तिनीहरूलाई लाल समुद्रनजिकैको निर्जनभूमि हुँदै लैजानुभयो।+ इस्राएलीहरू मिश्रबाट निस्कँदा सैन्य दलजस्तो गरी व्यवस्थित तरिकामा निस्के। १९ मोसाले युसुफका हड्डी पनि आफूसितै लगे किनकि युसुफले इस्राएलका सन्तानलाई शपथ खान लगाउँदै यसो भनेका थिए: “परमेश्‍वरले पक्कै तिमीहरूको पुकारा सुन्‍नुहुनेछ। तिमीहरू यहाँबाट जाँदा मेरा हड्डी पनि सँगै लैजानू।”+ २० सुक्कोथ छाडेपछि तिनीहरू निर्जनभूमिको छेउमा पर्ने एथाम पुगे र त्यहाँ पाल टाँगेर बसे।

२१ तिनीहरूलाई डोऱ्‍याउन यहोवा परमेश्‍वर अघिअघि जानुहुन्थ्यो; दिउँसो बादलको खामो भएर+ अनि राती आगोको खामो भएर उहाँले तिनीहरूलाई बाटो देखाउनुहुन्थ्यो। यसरी तिनीहरू दिउँसो मात्र नभई राती पनि यात्रा गर्न सक्थे।+ २२ इस्राएलीहरूको माझबाट दिनमा बादलको खामो र रातमा आगोको खामो कहिल्यै हटेन।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने