प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया ११
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

यर्मिया विषयवस्तु

      • यहुदाले परमेश्‍वरसितको वाचा तोड्‌छ (१-१७)

        • सहरजत्तिकै देवताहरू (१३)

      • काटिनलाई लगिने भेडासँग यर्मियाको तुलना (१८-२०)

      • यर्मियाको सहरका मानिसहरू विरोध गर्छन्‌ (२१-२३)

यर्मिया ११:२

फुटनोट

  • *

    यसले यर्मियालाई जनाएको हुन सक्छ।

यर्मिया ११:३

मार्जिनल रेफरेन्स

  • +व्य २७:२६; २८:१५

यर्मिया ११:४

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २४:३
  • +प्रस्थ १३:३; व्य ४:२०
  • +लेवी २६:३, १२

यर्मिया ११:५

फुटनोट

  • *

    वा “यस्तै होस्‌!”

मार्जिनल रेफरेन्स

  • +उत्प १५:१८; प्रस्थ ३:८; लेवी २०:२४; व्य ६:३

यर्मिया ११:७

मार्जिनल रेफरेन्स

  • +यर्मि ७:१३; २५:४; ३५:१५

यर्मिया ११:८

मार्जिनल रेफरेन्स

  • +यसै ६५:२; यर्मि ७:२४, २६; इज २०:८; जक ७:११, १२

यर्मिया ११:१०

मार्जिनल रेफरेन्स

  • +न्याय २:११, १७; १स ८:८; २रा २२:१७
  • +२इ २८:२२, २३
  • +व्य ३१:१६; २रा १७:६, ७; होसे ६:७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ४/१/२००७, पृ. ९

यर्मिया ११:११

मार्जिनल रेफरेन्स

  • +२रा २२:१६; यर्मि ६:१९; इज ७:५
  • +यसै १:१५; यर्मि १४:१२; इज ८:१८; मिका ३:४

यर्मिया ११:१२

मार्जिनल रेफरेन्स

  • +व्य ३२:३७, ३८; यर्मि २:२८

यर्मिया ११:१३

मार्जिनल रेफरेन्स

  • +यर्मि ७:९, १०

यर्मिया ११:१४

फुटनोट

  • *

    अर्थात्‌, यर्मियाले।

मार्जिनल रेफरेन्स

  • +यर्मि ७:१६; १४:११

यर्मिया ११:१७

मार्जिनल रेफरेन्स

  • +यसै ५:२; यर्मि २:२१
  • +यर्मि १९:५, १५

यर्मिया ११:१९

मार्जिनल रेफरेन्स

  • +यर्मि १८:१८

यर्मिया ११:२०

फुटनोट

  • *

    शा., “मिर्गौला।”

मार्जिनल रेफरेन्स

  • +१इ २८:९; यर्मि १७:१०; २०:१२

यर्मिया ११:२१

मार्जिनल रेफरेन्स

  • +यसै ३०:१०; आमो २:१२; ७:१६
  • +यर्मि १:१

यर्मिया ११:२२

मार्जिनल रेफरेन्स

  • +२इ ३६:१७; वि २:२१
  • +यर्मि १८:२१

यर्मिया ११:२३

मार्जिनल रेफरेन्स

  • +यहो २१:८, १८

अरू

यर्मि. ११:३व्य २७:२६; २८:१५
यर्मि. ११:४प्रस्थ २४:३
यर्मि. ११:४प्रस्थ १३:३; व्य ४:२०
यर्मि. ११:४लेवी २६:३, १२
यर्मि. ११:५उत्प १५:१८; प्रस्थ ३:८; लेवी २०:२४; व्य ६:३
यर्मि. ११:७यर्मि ७:१३; २५:४; ३५:१५
यर्मि. ११:८यसै ६५:२; यर्मि ७:२४, २६; इज २०:८; जक ७:११, १२
यर्मि. ११:१०न्याय २:११, १७; १स ८:८; २रा २२:१७
यर्मि. ११:१०२इ २८:२२, २३
यर्मि. ११:१०व्य ३१:१६; २रा १७:६, ७; होसे ६:७
यर्मि. ११:११२रा २२:१६; यर्मि ६:१९; इज ७:५
यर्मि. ११:११यसै १:१५; यर्मि १४:१२; इज ८:१८; मिका ३:४
यर्मि. ११:१२व्य ३२:३७, ३८; यर्मि २:२८
यर्मि. ११:१३यर्मि ७:९, १०
यर्मि. ११:१४यर्मि ७:१६; १४:११
यर्मि. ११:१७यसै ५:२; यर्मि २:२१
यर्मि. ११:१७यर्मि १९:५, १५
यर्मि. ११:१९यर्मि १८:१८
यर्मि. ११:२०१इ २८:९; यर्मि १७:१०; २०:१२
यर्मि. ११:२१यसै ३०:१०; आमो २:१२; ७:१६
यर्मि. ११:२१यर्मि १:१
यर्मि. ११:२२२इ ३६:१७; वि २:२१
यर्मि. ११:२२यर्मि १८:२१
यर्मि. ११:२३यहो २१:८, १८
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
पवित्र बाइबल नयाँ संसार अनुवाद
यर्मिया ११:१-२३

यर्मिया

११ यर्मियाकहाँ आएको यहोवाको वचन। २ “हे मानिसहरू हो, तिमीहरूले यस करारमा ध्यान लगाओ!

“अनि तिमीले* चाहिँ यी कुराहरू यहुदा र यरुसलेमका बासिन्दाहरूलाई सुनाइदेऊ। ३ तिनीहरूलाई यसो भन, ‘इस्राएलका परमेश्‍वर यहोवा भन्‍नुहुन्छ: “यो करारअनुसार नचल्ने मानिस श्रापित होस्‌,+ ४ जुन करार तिमीहरूका पितापुर्खा र मैले आपसमा गरेका थियौँ।+ मिश्रबाट अर्थात्‌ फलाम गाल्ने भट्टीजस्तो ठाउँबाट निकालेर ल्याउँदा+ मैले तिनीहरूलाई यस्तो आज्ञा दिएको थिएँ, ‘मेरो आज्ञा पालन गर र मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा गर अनि तिमीहरू मेरा मानिसहरू हुनेछौ र म तिमीहरूका परमेश्‍वर हुनेछु।+ ५ मैले भनेअनुसारै तिमीहरूले गऱ्‍यौ भने तिमीहरूका पितापुर्खालाई दूध र मह बग्ने देश दिनेछु भनेर गरेको प्रतिज्ञा म पूरा गर्नेछु।’+ अहिले मैले त्यसैअनुसार गरेको तिमीहरूले देखेका पनि छौ।”’”

अनि मैले भनेँ: “हे यहोवा, आमिन।”*

६ यहोवाले मलाई भन्‍नुभयो: “यहुदाका सहरहरूमा अनि यरुसलेमका बाटोहरूमा यी वचनहरू घोषणा गर: ‘यस करारमा ध्यान लगाओ र त्यसैअनुसार चल! ७ किनकि मैले तिमीहरूका पितापुर्खालाई मिश्रबाट ल्याएको दिनदेखि आजको दिनसम्म बारम्बार एउटै कुरा सम्झाउँदै आएको छु: “मेरो वचन पालन गर।”+ ८ तर तिनीहरूले मेरो कुरा सुनेनन्‌ र मतिर आफ्नो कान फर्काएनन्‌। तिनीहरू प्रत्येक नै आफ्नो दुष्ट हृदयको बहकाउमा परे।+ मैले तिनीहरूलाई पालन गर्नू भनी आज्ञा गरेको कुरा तिनीहरूले पालन नगरेकोले मैले यस करारअनुरूपै सबै कुरा तिनीहरूमाथि आइपर्न दिएँ।’”

९ अनि यहोवाले मलाई भन्‍नुभयो: “यहुदा र यरुसलेमका बासिन्दाहरूले मेरो विरोध गरेका छन्‌। १० मेरो वचन पालन नगर्ने तिनीहरूका पितापुर्खाको पापमा तिनीहरू फर्केका छन्‌।+ तिनीहरू पनि अरू देवताको पछि लागेका छन्‌ र तिनीहरूले उनीहरूको सेवा गरेका छन्‌।+ इस्राएलको घराना र यहुदाको घरानाले तिनीहरूका पितापुर्खा र मबीच गरिएको करार तोडेका छन्‌।+ ११ त्यसकारण यहोवा यसो भन्‍नुहुन्छ, ‘म तिनीहरूमाथि यस्तो विपत्ति ल्याउनेछु,+ जसबाट तिनीहरू उम्कन सक्नेछैनन्‌। अनि तिनीहरूले सहायताको निम्ति पुकार्दा म तिनीहरूको पुकारा सुन्‍नेछैनँ।+ १२ अनि यहुदाका सहरहरूका मानिसहरू र यरुसलेमका बासिन्दाहरूले ती देवताहरूकहाँ गएर सहायताको निम्ति पुकारा गर्नेछन्‌, जुन देवताहरूको निम्ति तिनीहरूले बलि चढाइरहेका छन्‌।+ तर ती देवताहरूले तिनीहरूलाई विपत्तिको समयमा कुनै हालतमा बचाउन सक्नेछैनन्‌। १३ किनकि हे यहुदा, तिम्रा देवताहरू तिम्रा सहरहरू जत्तिकै धेरै भइसकेका छन्‌। अनि तिमीले व्यर्थको देवता बाआलको निम्ति बलि चढाउन यरुसलेमका बाटोहरू जत्तिकै वेदीहरू खडा गरेका छौ।’+

१४ “तर तिमीले* यी मानिसहरूको खातिर प्रार्थना नगर। तिनीहरूको निम्ति मलाई पुकार्ने वा प्रार्थना गर्ने नगर।+ किनकि तिनीहरूले विपत्तिको बेला प्रार्थना गर्दा म त्यो सुन्‍नेछैनँ।

१५ मेरा प्रिय मानिसहरूलाई मेरो घरमा रहने के अधिकार?

किनकि तिनीहरूमध्ये धेरैले दुष्ट काम गरेका छन्‌।

विपत्ति आइलाग्दा के तिनीहरूले चढाउने पवित्र बलिदानले तिनीहरूलाई बचाउन सक्छ र?

के तिनीहरूले विपत्तिबाट बचेर हर्ष मनाउन पाउनेछन्‌ र?

१६ कुनै समय यहोवाले तिमीलाई मौलाएको जैतुनको रूख भन्‍नुभएको थियो,

तिमी फलहरूले लटरम्म र सुन्दर देखिन्थ्यौ।

तर एउटा ठूलो गर्जन सुनियो र उहाँले त्यसमा आगो लगाइदिनुभयो,

त्यसका शत्रुहरूले त्यसका हाँगाहरू भाँचिदिएका छन्‌।

१७ “तिमीलाई रोप्नुहुने सेनाहरूका यहोवाले+ तिमीविरुद्ध विपत्तिको घोषणा गर्नुभएको छ। किनकि इस्राएल र यहुदाको घरानाले घोर दुष्ट काम गरेका छन्‌। तिनीहरूले बाआल देवताको निम्ति बलि चढाएर परमेश्‍वरलाई रिस उठाएका छन्‌।”+

१८ तिनीहरूले गरिरहेको काम यहोवाले मलाई थाह दिनुभयो,

हे परमेश्‍वर, तपाईँले मलाई तिनीहरूको काम देखाउनुभयो।

१९ काटिन लगिँदा लुरुलुरु जाने भेडाझैँ म भएँ।

तिनीहरूले मविरुद्ध यस्तो षड्‌यन्त्र रच्दै छन्‌ भनेर मैले थाहै पाइनँ:+

“त्यसका फलहरूसमेत त्यो रूखलाई नाश गरिदेऔँ

र त्यसको नामोनिसान मेट्‌न

त्यसलाई जीवितहरूको देशबाट हटाइदेऔँ।”

२० तर सेनाहरूका यहोवाले सही न्याय गर्नुहुन्छ;

उहाँ मानिसको भित्री विचार* र हृदयसमेत जाँच्नुहुन्छ।+

हे परमेश्‍वर, तपाईँले मेरा शत्रुहरूसित बदला लिनुभएको मैले हेर्न पाऊँ

किनकि मैले आफ्नो मामिला तपाईँसामु पेस गरेको छु।

२१ त्यसैले तिम्रो ज्यान लिन खोज्ने र “यहोवाको नाममा भविष्यवाणी नगर्नू!+ नत्र त तिमी हाम्रो हातबाट मरौला” भनेर तिमीलाई धम्की दिने अनातोतका मानिसहरूविरुद्ध+ यहोवाले एउटा घोषणा गर्नुभएको छ। २२ सेनाहरूका यहोवा यसो भन्‍नुहुन्छ: “म तिनीहरूलाई सजाय दिनेछु। तिनीहरूका युवकहरू तरबारले मारिनेछन्‌+ र तिनीहरूका छोराछोरीहरू अनिकालले गर्दा मर्नेछन्‌।+ २३ अनातोतका+ ती मानिसहरूमध्ये एक जना पनि बाँकी रहनेछैन किनकि जब म तिनीहरूको दोष प्रकट गर्नेछु, तब म तिनीहरूमाथि विपत्ति ल्याउनेछु।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने