प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया १६
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

यर्मिया विषयवस्तु

      • यर्मियाले विवाह, शोक र भोजभतेर गर्न नहुने (१-९)

      • पहिले सजाय, त्यसपछि पुनर्स्थापना (१०-२१)

यर्मिया १६:४

मार्जिनल रेफरेन्स

  • +यर्मि १५:२
  • +भज ७९:२, ३; यसै ५:२५; यर्मि ७:३३; ९:२२; ३६:३०
  • +इज ५:१२

यर्मिया १६:५

मार्जिनल रेफरेन्स

  • +इज २४:१६, १७
  • +व्य ३१:१७; यसै २७:११; ६३:१०

यर्मिया १६:६

फुटनोट

  • *

    झूटा धर्महरूको शोक गर्ने चलन, जुन धर्मत्यागी इस्राएलीहरूले अपनाएका हुन सक्छन्‌।

यर्मिया १६:९

मार्जिनल रेफरेन्स

  • +यसै २४:७, ८; यर्मि ७:३४; प्रका १८:२३

यर्मिया १६:१०

मार्जिनल रेफरेन्स

  • +यर्मि ५:१९

यर्मिया १६:११

मार्जिनल रेफरेन्स

  • +न्याय २:१२
  • +यर्मि ८:१, २
  • +दा ९:११; आमो २:४

यर्मिया १६:१२

मार्जिनल रेफरेन्स

  • +यर्मि ७:२६
  • +नहे ९:२९; यर्मि ६:२८

यर्मिया १६:१३

मार्जिनल रेफरेन्स

  • +२इ ७:२०; यर्मि १५:१४; १७:४
  • +व्य ४:२७, २८; २८:३६

यर्मिया १६:१४

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २०:२; यर्मि २३:७, ८

यर्मिया १६:१५

मार्जिनल रेफरेन्स

  • +व्य ३०:१-३; यर्मि ३:१८; २४:६; ३०:३; ३२:३७; आमो ९:१४

यर्मिया १६:१६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ४/२०२०, पृ. ५

    प्रहरीधरहरा,

    ४/१/२००७, पृ. ९

यर्मिया १६:१८

मार्जिनल रेफरेन्स

  • +यसै ४०:२
  • +लेवी २६:३०; भज १०६:३८

यर्मिया १६:१९

मार्जिनल रेफरेन्स

  • +यर्मि १७:१७
  • +यर्मि १०:५, १४

यर्मिया १६:२०

मार्जिनल रेफरेन्स

  • +भज ११५:४; यर्मि २:११; १कोरि. ८:४

अरू

यर्मि. १६:४यर्मि १५:२
यर्मि. १६:४भज ७९:२, ३; यसै ५:२५; यर्मि ७:३३; ९:२२; ३६:३०
यर्मि. १६:४इज ५:१२
यर्मि. १६:५इज २४:१६, १७
यर्मि. १६:५व्य ३१:१७; यसै २७:११; ६३:१०
यर्मि. १६:९यसै २४:७, ८; यर्मि ७:३४; प्रका १८:२३
यर्मि. १६:१०यर्मि ५:१९
यर्मि. १६:११न्याय २:१२
यर्मि. १६:११यर्मि ८:१, २
यर्मि. १६:११दा ९:११; आमो २:४
यर्मि. १६:१२यर्मि ७:२६
यर्मि. १६:१२नहे ९:२९; यर्मि ६:२८
यर्मि. १६:१३२इ ७:२०; यर्मि १५:१४; १७:४
यर्मि. १६:१३व्य ४:२७, २८; २८:३६
यर्मि. १६:१४प्रस्थ २०:२; यर्मि २३:७, ८
यर्मि. १६:१५व्य ३०:१-३; यर्मि ३:१८; २४:६; ३०:३; ३२:३७; आमो ९:१४
यर्मि. १६:१८यसै ४०:२
यर्मि. १६:१८लेवी २६:३०; भज १०६:३८
यर्मि. १६:१९यर्मि १७:१७
यर्मि. १६:१९यर्मि १०:५, १४
यर्मि. १६:२०भज ११५:४; यर्मि २:११; १कोरि. ८:४
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
पवित्र बाइबल नयाँ संसार अनुवाद
यर्मिया १६:१-२१

यर्मिया

१६ यहोवाको वचन फेरि मकहाँ आयो। उहाँले मलाई यसो भन्‍नुभयो: २ “तिमीले विवाह नगर्नू र छोराछोरी नजन्माउनू। ३ किनभने यहाँ जन्मने छोराछोरी र तिनीहरूका आमाबुबाबारे यहोवा यसो भन्‍नुहुन्छ: ४ ‘तिनीहरू डरलाग्दो रोगबिमारले मर्नेछन्‌+ अनि तिनीहरूको लागि शोक गर्ने कोही हुनेछैन। तिनीहरूलाई गाड्‌ने पनि कोही हुनेछैन। तिनीहरू मलसरि जमिनमा त्यसै रहनेछन्‌।+ तिनीहरू तरबार र अनिकालले मर्नेछन्‌।+ तिनीहरूका लास आकाशका चराचुरुङ्‌गी र पृथ्वीका जनावरहरूको आहारा हुनेछ।’

 ५ किनकि यहोवा यसो भन्‍नुहुन्छ,

‘शोक परेको घरमा नजानू,

विलाप गर्न वा समवेदना दिन तिनीहरूकहाँ नजानू।’+

यहोवा यस्तो घोषणा गर्नुहुन्छ: ‘किनकि मैले तिनीहरूलाई दिएको शान्ति खोसिसकेको छु।

तिनीहरूलाई अटल प्रेम र कृपा देखाउन पनि छोडिसकेको छु।+

 ६ यस देशका ठूलाबडा र गरिबगुरुवा सबै मर्नेछन्‌।

तिनीहरू गाडिनेछैनन्‌,

तिनीहरूको लागि कसैले शोक गर्नेछैन

अनि कसैले पनि तिनीहरूको लागि आफ्नो शरीरमा चोट पार्नेछैन र कपाल खौरनेछैन।*

 ७ शोक परेकाहरूलाई कसैले खानेकुरा दिनेछैन,

तिनीहरूलाई दिलासा दिने कोही हुनेछैन

अनि आमाबुबा गुमाएकाहरूलाई

कसैले सान्त्वनाको कचौरा दिनेछैन।

 ८ तिमी भोजभतेर भइरहेको घरमा पनि नपस्नू

अनि तिनीहरूसित बसेर खानपिन नगर्नू।’

९ “सेनाहरूका यहोवा, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, ‘तिमीहरू जिउँदो छँदै अनि तिमीहरूकै आँखाअगाडि म यो ठाउँबाट हर्ष र रमाहट हटाइदिनेछु। अनि दुलहा-दुलहीको आवाज पनि बन्द गरिदिनेछु।’+

१० “तिमीले मानिसहरूलाई यो कुरा सुनाएपछि तिनीहरूले सोध्नेछन्‌, ‘यहोवाले हामीविरुद्ध यत्ति ठूलो विपत्ति ल्याउँछु भनेर किन भन्‍नुभयो? हामीले यहोवा हाम्रा परमेश्‍वरविरुद्ध के गल्ती गऱ्‍यौँ, के पाप गऱ्‍यौँ?’+ ११ त्यतिबेला तिमीले तिनीहरूलाई यस्तो जवाफ दिनू, ‘यहोवा यस्तो घोषणा गर्नुहुन्छ, “तिमीहरूका पितापुर्खाले मलाई त्यागे।+ तिनीहरू अरू देवताको पछि लागिरहे, तिनलाई पुजिरहे अनि दण्डवत्‌ गरिरहे।+ तिनीहरूले मलाई त्यागेर मेरा नियमहरू उल्लङ्‌घन गरे।+ १२ तर तिमीहरू त तिनीहरूभन्दा पनि दुष्ट रहेछौ।+ मेरो आज्ञा पालन गर्नु त कता हो कता, तिमीहरू आफ्नै हठी हृदयको कुरा सुन्छौ।+ १३ त्यसैले म तिमीहरूलाई लघारेर यस्तो ठाउँमा पठाउनेछु, जुन ठाउँबारे न तिमीहरूले न तिमीहरूका पितापुर्खाले नै सुनेका थियौ।+ त्यहाँ तिमीहरूले दिनरात अरू देवताको सेवा गर्नुपर्नेछ+ किनकि म तिमीहरूलाई रतीभर दया देखाउनेछैनँ।”’

१४ “यहोवा यस्तो घोषणा गर्नुहुन्छ, ‘यस्तो समय आउँदै छ, जब तिनीहरूले “इस्राएलीहरूलाई मिश्रबाट छुटाएर ल्याउनुहुने यहोवाको कसम” भन्‍नेछैनन्‌।+ १५ बरु तिनीहरूले “इस्राएलीहरूलाई उत्तरबाट अनि तिनीहरूलाई तितरबितर पारेका अरू सबै देशबाट जम्मा गर्नुहुने यहोवाको कसम” भन्‍नेछन्‌। किनकि म तिनीहरूलाई त्यो देशमा फर्काउनेछु, जुन मैले तिनीहरूका पितापुर्खालाई दिएको थिएँ।’+

१६ यहोवा यस्तो घोषणा गर्नुहुन्छ, ‘म धेरै जलारी पठाउनेछु,

तिनीहरूले तिमीहरूलाई जालमा पार्नेछन्‌।

त्यसपछि म थुप्रै सिकारी पठाउनेछु,

तिनीहरूले तिमीहरूलाई डाँडापाखा

अनि पहराका कुनाकाप्चामा खोजीखोजी सिकार गर्नेछन्‌।

१७ तिमीहरूले गरेको एक-एक कुरा मैले नियालेको छु।

तिमीहरूको कुनै कुरा मदेखि लुकेको छैन

न त तिमीहरूको गल्ती नै मेरो नजरबाट लुकेको छ।

१८ सुरुमा म तिमीहरूले गरेको गल्ती र पापको पूरापूर हिसाब लिनेछु+

किनकि तिमीहरूले मेरो देशलाई निर्जीव र घिनलाग्दा मूर्तिहरूले दूषित पारेका छौ

अनि मेरो भूमिलाई घिनलाग्दा थोकहरूले भरेका छौ।’”+

१९ हे यहोवा, मेरो बल र मेरो किल्ला,

विपत्तिको दिनमा मेरो शरणस्थान,+

पृथ्वीका कुनाकुनाबाट मानिसहरू तपाईँकहाँ आउनेछन्‌

अनि तिनीहरूले यसो भन्‍नेछन्‌: “हाम्रा पुर्खाहरू त झूटा कुराहरूको पछि लागे,

तिनीहरू व्यर्थका अनि केही फाइदा नहुने कुराहरूको पछि लागे।”+

२० के मानिसले आफ्नो निम्ति देवताहरू बनाउन सक्छ र?

तिनीहरूले बनाएका देवताहरू साँच्चैका देवताहरू होइनन्‌।+

२१ “त्यसैले अब तिनीहरूले थाह पाउनेछन्‌;

म तिनीहरूलाई आफ्नो शक्‍ति र पराक्रम देखाउनेछु।

अनि मेरो नाम यहोवा हो भनेर तिनीहरूले जान्‍नेछन्‌।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने