३२ लेआ गर्भवती भइन् र तिनले एउटा छोरा जन्माइन्। तिनले उसको नाम रुबेन*+ राखिन्। तिनले यसो भनिन्: “यहोवा परमेश्वरले मेरो पीडा बुझ्नुभएको छ।+ अब त मेरा पतिले मलाई माया गर्नुहुनेछ।”
५इस्राएलका पहिलो सन्तान रुबेनका+ छोराहरू यी थिए। रुबेन पहिलो सन्तान थिए तर तिनले आफ्नो बुबाको ओछ्यान बिटुलो पारेकोले+ तिनको ज्येष्ठ-अधिकार इस्राएलका अर्का छोरा युसुफका छोराहरूलाई दिइयो।+ त्यसैले तिनीहरूको परिवारको वंशावलीमा रुबेनको नाम पहिलो सन्तानको रूपमा लेखिएन।