-
उत्पत्ति ३५:२२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२२ इस्राएल त्यही ठाउँमा बास बसिरहेको बेला एकदिन रुबेन आफ्नो बुबाकी उपपत्नी बिल्हासित सुते र यो कुरा इस्राएलको कानमा पऱ्यो।+
याकुबका १२ भाइ छोरा थिए।
-
-
उत्पत्ति ४९:३, ४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ “रुबेन,+ तिमी मेरो पहिलो सन्तान,+ मेरो बल र प्रजनन शक्तिको पहिलो फल हौ। तिमी सबैभन्दा धेरै गौरवशाली र पराक्रमी छौ। ४ तर तिमी आफ्ना भाइहरूभन्दा महान् हुन पाउनेछैनौ। किनकि खोलाको छालझैँ अनियन्त्रित भएर तिमी आफ्नो बुबाको ओछ्यानमा चढ्यौ। तिमीले मेरो ओछ्यान बिटुलो* पाऱ्यौ।+ हो, तिमीले नीच काम गऱ्यौ!
-