८ पछि तिनी बेथेलको+ पूर्वतिर पर्ने पहाडी इलाकामा सरे र त्यहाँ पाल टाँगे। त्यहाँबाट पश्चिममा बेथेल र पूर्वमा ऐ+ पर्थ्यो। त्यहाँ तिनले यहोवा परमेश्वरको लागि एउटा वेदी बनाए+ र यहोवाको नाम पुकार्न थाले।+९ त्यसपछि अब्राम ठाउँठाउँमा पाल टाँगेर आफ्नो यात्रा अघि बढाउँदै नेगेबतिर+ लागे।
२ यहोसुले यरिहोबाट केही मानिसलाई बेथेलको+ पूर्वपट्टि बेथ-आवेन नजिकै पर्ने ऐ सहरमा पठाए।+ यहोसुले ती मानिसहरूलाई यसो भने: “जाओ, त्यस सहरको जासुसी गरेर आओ।” अनि ती मानिसहरू गएर ऐ सहरको जासुसी गरे।