-
उत्पत्ति १९:२०-२२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० बरु त्यहाँ नजिकै एउटा सानो सहर छ, म त्यहाँसम्म चाहिँ पुग्न सक्छु। बिन्ती! मलाई त्यहीँ जान दिनुहोस्। त्यहाँ जान पाएँ भने मेरो ज्यान जोगिन्छ।” २१ त्यसैले उनले भने: “ठीक छ, मैले तिम्रो बिन्ती सुनेँ।+ त्यस सहरलाई म नाश गर्दिनँ।+ २२ छिटो गर! भागेर त्यहीँ जाऊ। तिमी त्यहाँ नपुगुन्जेल म केही पनि गर्न सक्दिनँ।”+ त्यसैले त्यस सहरको नाम जोअर* राखियो।+
-