प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति १३:१४, १५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ अब्राम र लुत छुट्टिएपछि यहोवा परमेश्‍वरले अब्रामलाई यस्तो आग्रह गर्नुभयो: “अब्राम, तिम्रो चारैतिर हेर। तिमी जहाँ उभिरहेका छौ, त्यहाँबाट पूर्व, पश्‍चिम, उत्तर, दक्षिण सबैतिर हेर। १५ तिमीले यहाँबाट देखेको सबै इलाका म तिमी र तिम्रा सन्तानलाई सधैँभरिका लागि दिनेछु।+

  • उत्पत्ति २६:३, ४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ यस देशमा प्रवासी भएर बस।+ म तिमीसँगै हुन्छु र तिमीलाई आशिष्‌ दिन्छु किनभने यो सम्पूर्ण इलाका म तिमी र तिम्रो सन्तानलाई नै दिनेछु।+ अनि तिम्रो बुबा अब्राहामसित खाएको यो शपथ म पूरा गर्नेछु:+ ४ ‘म तिम्रा सन्तानलाई आकाशका ताराजत्तिकै बढाउनेछु+ र तिनीहरूलाई म यो सबै इलाका दिनेछु।+ तिम्रा सन्तानद्वारा पृथ्वीका सबै जातिले आशिष्‌ पाउनेछन्‌।’+

  • व्यवस्था ३४:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ अनि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “मैले अब्राहाम, इसहाक र याकुबलाई दिन्छु भनेर कसम खाएको देश यही हो। तिनीहरूलाई मैले यसो भनेको थिएँ, ‘म तिम्रा सन्तानलाई यो ठाउँ दिनेछु।’+ यो ठाउँ तिमीले आफ्नै आँखाले देख्न पायौ तर तिमी त्यहाँ जान भने पाउनेछैनौ।”+

  • प्रेषित ७:४, ५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ त्यसैले तिनी कल्दियालीहरूको देशबाट निस्के अनि हारानमा बसोबास गर्न थाले। तिनको बुबाको मृत्यु भएपछि+ परमेश्‍वरले तिनलाई त्यो ठाउँ छोडेर यस देशमा बस्न लगाउनुभयो, जहाँ अहिले तपाईँहरू बस्नुहुन्छ।+ ५ यद्यपि यस देशमा उहाँले पुर्ख्यौली सम्पत्तिको नाममा तिनलाई केही पनि दिनुभएन। अहँ, पाइला टेक्न चाहिने जत्तिको जमिनसमेत दिनुभएन तर तिनलाई र तिनीपछि तिनको सन्तानलाई यो देश सम्पत्तिको रूपमा दिने प्रतिज्ञा गर्नुभयो,+ जबकि त्यतिखेरसम्म तिनको कुनै सन्तान थिएन।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने