-
उत्पत्ति २४:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ किनकि मलाई मेरो बुबाको घर अनि मेरा नातेदार छोड्न लगाएर यहाँ विदेशी भूमिमा ल्याउनुहुने+ अनि स्वर्गबाट मसित बोल्नुहुने परमेश्वर यहोवाले यसो भनेर मसित शपथ खानुभएको थियो:+ ‘म यो देश+ तिम्रै सन्तानलाई दिनेछु।’+ त्यसैले उहाँले नै तिम्रो अघिअघि स्वर्गदूत पठाउनुहुनेछ+ र तिमीले त्यहीँबाटै मेरो छोराको लागि केटी खोजेर ल्याउनेछौ।+
-
-
प्रस्थान ३३:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३३ त्यसपछि यहोवा परमेश्वरले मोसालाई यसो भन्नुभयो: “तिमीले मिश्रबाट छुटाएर ल्याएका मानिसहरूलाई लिएर यहाँबाट जाऊ। तिमीहरू त्यस देशमा जाओ, जुन देश ‘तिमीहरूको सन्तानलाई दिनेछु’ भनेर मैले अब्राहाम, इसहाक र याकुबसित शपथ खाएको थिएँ।+
-