-
गन्ती १४:१३, १४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ तर मोसाले यहोवा परमेश्वरलाई भने: “यदि तपाईँले यसो गर्नुभयो भने यो कुरा मिश्रीहरूको कानमा पुग्नेछ, जसको माझबाट तपाईँले यी मानिसहरूलाई आफ्नो शक्तिद्वारा छुटाएर ल्याउनुभएको थियो।+ १४ अनि यो कुरा तिनीहरूले कनान देशका बासिन्दाहरूलाई सुनाउनेछन्। हे यहोवा, तपाईँ यी मानिसहरूको साथमा हुनुहुन्छ+ र तपाईँ यिनीहरूसित आमनेसामने प्रकट हुनुभएको छ+ भनेर तिनीहरूले सुनेका छन्। तपाईँ यहोवा परमेश्वर हुनुहुन्छ र यिनीहरूमाथि तपाईँको बादल खडा हुन्छ अनि तपाईँ दिउँसो बादलको खामोमा र राती आगोको खामोमा यिनीहरूको अघिअघि जानुहुन्छ भनेर पनि तिनीहरूले सुनेका छन्।+
-