प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती २१:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ अनि मानिसहरूले परमेश्‍वर र मोसाविरुद्ध यसरी गनगन गर्न थाले:+ “तपाईँले हामीलाई मिश्रबाट निकालेर किन यस निर्जनभूमिमा मार्न ल्याउनुभयो? यहाँ न खानेकुरा छ न त पिउने पानी छ;+ यो तुच्छ रोटी खाँदा-खाँदा हामीलाई वाक्कै लागिसक्यो।”+

  • व्यवस्था ८:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ तब तिमीहरू घमन्डले नफुल्नू+ अनि यहोवा तिमीहरूका परमेश्‍वरलाई नभुल्नू। किनभने उहाँले तिमीहरूलाई दासत्वको घर—मिश्रबाट छुटाएर ल्याउनुभयो।+

  • व्यवस्था ८:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ अनि तिमीहरूलाई मन्‍न खुवाउनुभयो,+ जसबारे तिमीहरूका पितापुर्खालाई थाहै थिएन। तिमीहरूको परीक्षा गर्न र तिमीहरूलाई नम्र बनाउन उहाँले यसो गर्नुभएको थियो,+ जसले गर्दा पछि तिमीहरूकै भलो हुने थियो।+

  • यहोसु ५:११, १२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ निस्तार चाडको भोलिपल्टदेखि तिनीहरूले त्यस ठाउँको उब्जनी खान थाले। त्यो दिन तिनीहरूले खमिर* नहालेको रोटी+ र भुटेको अन्‍न खाए। १२ तिनीहरूले त्यस देशको अन्‍न खान थालेको दिनदेखि मन्‍न* पाइन छोड्‌यो। त्यसपछि इस्राएलीहरूले कहिल्यै मन्‍न पाएनन्‌।+ त्यस वर्षदेखि तिनीहरूले कनान देशको उब्जनी खान थाले।+

  • युहन्‍ना ६:३१, ३२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३१ हाम्रा पुर्खाहरूले निर्जनभूमिमा मन्‍न खाए,+ जस्तो लेखिएको छ, ‘उहाँले तिनीहरूलाई स्वर्गबाट खानेकुरा दिनुभयो।’”+ ३२ तब येसुले तिनीहरूलाई भन्‍नुभयो: “म तिमीहरूलाई साँचो-साँचो भन्छु, मोसाले तिमीहरूलाई स्वर्गबाट रोटी दिएनन्‌ तर मेरो बुबाले तिमीहरूलाई स्वर्गबाट साँचो रोटी दिनुहुन्छ।

  • युहन्‍ना ६:५८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५८ स्वर्गबाट ओर्लेर आउने रोटी यही हो। यो त्यस्तो रोटी होइन, जुन तिमीहरूका पुर्खाहरूले खाए तैपनि मरे। जसले यो रोटी खान्छ, ऊ सधैँभरि बाँच्नेछ।”+

  • १ कोरिन्थी १०:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० हे भाइ हो, तिमीहरूले यो कुरा थाह पाओ भन्‍ने म चाहन्छु, हाम्रा पुर्खाहरू सबै जना बादलमुनि थिए+ र सबै जना समुद्रको बीचबाट भएर गए+

  • १ कोरिन्थी १०:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ सबैले परमेश्‍वरले दिनुभएको एउटै भोजन खाए+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने