प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती २०:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ “तिम्रो लौरो लेऊ अनि तिमी र तिम्रो दाइ हारुन मिलेर सारा समुदायलाई भेला गर। त्यसपछि तिनीहरूकै आँखाअगाडि त्यस पहरालाई आज्ञा देऊ र त्यसबाट पानी निस्कनेछ। यसरी पहराबाट पानी निकालेपछि सारा समुदाय र तिनीहरूको गाईवस्तुलाई पानी पिउन देऊ।”+

  • व्यवस्था ८:१४, १५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ तब तिमीहरू घमन्डले नफुल्नू+ अनि यहोवा तिमीहरूका परमेश्‍वरलाई नभुल्नू। किनभने उहाँले तिमीहरूलाई दासत्वको घर—मिश्रबाट छुटाएर ल्याउनुभयो।+ १५ उहाँले तिमीहरूलाई विशाल अनि भयानक निर्जनभूमिको बाटो हुँदै ल्याउनुभयो, जहाँ विषालु सर्प र बिच्छीहरू थिए अनि पानी नभएर जमिन सुक्खा थियो।+ त्यहाँ उहाँले चट्टानबाट पानी निकाल्नुभयो।+

  • नहेम्याह ९:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ तपाईँले तिनीहरू भोकाएको बेला तिनीहरूलाई स्वर्गबाट खानेकुरा दिनुभयो+ अनि तिर्खाएको बेला चट्टानबाट पानी निकाल्नुभयो।+ तपाईँले तिनीहरूलाई जुन देश दिन्छु भनेर कसम खानुभएको थियो, त्यस देशमा प्रवेश गरेर त्यो देश अधिकार गर्ने आदेश तिनीहरूलाई दिनुभयो।

  • भजन ७८:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ उहाँले निर्जनभूमिमा चट्टानलाई फोर्नुभयो

      र तिनीहरूलाई समुद्रबाट जस्तै गरी प्रशस्त पानी पिउन दिनुभयो।+

  • भजन १०५:४१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४१ उहाँले चट्टान फोर्नुभयो र पानीका मूलहरू फुटे+

      अनि ती मरुभूमिमा नदीजस्तै बगे।+

  • १ कोरिन्थी १०:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० हे भाइ हो, तिमीहरूले यो कुरा थाह पाओ भन्‍ने म चाहन्छु, हाम्रा पुर्खाहरू सबै जना बादलमुनि थिए+ र सबै जना समुद्रको बीचबाट भएर गए+

  • १ कोरिन्थी १०:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ र सबैले परमेश्‍वरले दिनुभएको एउटै पानी पिए।+ तिनीहरू परमेश्‍वरको त्यस चट्टानबाट पानी पिउँथे, जुन तिनीहरूको पछिपछि लाग्थ्यो। त्यस चट्टानले ख्रिष्टलाई सङ्‌केत गर्थ्यो।*+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने