-
प्रस्थान ३१:१३, १४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ “तिमीले इस्राएलीहरूलाई भन्नू, ‘तिमीहरूले विश्रामदिन* अवश्य मान्नू+ किनकि यो पुस्तौँपुस्तासम्म म र तिमीहरूबीच रहिरहने चिन्ह हो र तिमीहरूलाई पवित्र पार्ने म यहोवा नै हुँ भनेर तिमीहरूले यसैबाट थाह पाउनेछौ। १४ विश्रामदिन* मान्नू किनकि यो तिमीहरूका लागि पवित्र हो।+ जसले विश्रामदिनसम्बन्धी नियम मान्दैन, ऊ मारियोस्। यो दिन कसैले कुनै किसिमको काम गऱ्यो भने त्यस मानिसलाई इस्राएलीहरूको समुदायबाट हटाउनै पर्छ।*+
-
-
व्यवस्था ५:१२-१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ “‘यहोवा परमेश्वरले भन्नुभएझैँ तिमीहरूले विश्रामदिन* मनाउन नबिर्सनू र त्यसलाई पवित्र मान्नू।+ १३ तिमीहरूले छ दिनसम्म मेहनत गरेर आफ्नो सबै काम सिद्ध्याउनू।+ १४ तर सातौँ दिन भने यहोवा परमेश्वरको लागि अलग्गै छुट्ट्याइएको विश्रामदिन हो।+ त्यो दिन तिमीहरूले, तिमीहरूका छोरा वा छोरीले, तिमीहरूका दास वा दासीले, तिमीहरूका गोरु वा गधाले, तिमीहरूका कुनै पनि घरपालुवा जनावरले वा तिमीहरूको सहरमा बस्ने कोही पनि विदेशीले+ कुनै काम नगर्नू।+ यसरी तिमीहरूका दास र दासीले पनि तिमीहरूले जस्तै आराम गर्न पाउनेछन्।+
-