१८ त्यही दिन यहोवा परमेश्वरले अब्रामसँग एउटा करार गर्नुभयो।+ उहाँले यसो भन्नुभयो: “म यो भूमि तिम्रा सन्तानलाई दिनेछु।+ मिश्रको नदीदेखि महानदी युफ्रेटिससम्म:+
७ अब तिमीहरू यहाँबाट एमोरीहरूको पहाडी इलाकातिर+ जाओ अनि त्यससँगसँगै रहेका कनानीहरूका यी इलाकामा पनि जानू: अराबाह,+ पहाडी इलाका, सेफेलाह, नेगेब अनि समुद्रनजिकैको इलाका।+ तिमीहरू लेबनान*+ र महानदी युफ्रेटिससम्मै पुग्नू।+
२१ सुलेमानले युफ्रेटिस नदीदेखि पलिस्तियालीहरूको देश र मिश्रको सिमानासम्म भएका सबै राज्यमाथि शासन गरे।+ ती राज्यहरूले राजा सुलेमानलाई तिनको जीवनकालभरि नै तिरो तिरे र तिनको सेवा गरे।+