२७ “तर सातौँ महिनाको दसौँ दिन भने प्रायश्चितको दिन* हो।+ यो दिन तिमीहरूले पवित्र सभा राख्नू र आफूले गरेको पापको लागि दुःख मनाउनू*+ अनि यहोवा परमेश्वरको निम्ति आगोमा जलाइने भेटी चढाउनू।
७ तर दोस्रो कोठामा भने प्रधानपुजारी वर्षको एक पटक एक्लै पस्थे।+ तिनी रगत नलिई त्यहाँ पस्दैनथे,+ जुन रगत तिनले आफ्नो लागि+ र मानिसहरूले अनजानमा गरेका पापहरूका लागि+ चढाउँथे।