प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ३३:२२, २३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ मेरो महिमाको ज्योति तिमीसामु भएर जाँदा म तिमीलाई यस चट्टानको धाँजोमा राख्नेछु र म नजाउन्जेल तिमीलाई आफ्नो हातले छोपिराख्नेछु। २३ त्यसपछि म आफ्नो हात हटाउनेछु र तिमीले मेरो पिठिउँ देख्नेछौ। तर मेरो अनुहारचाहिँ देख्नेछैनौ।”+

  • गन्ती १२:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ म तिनीसित आमनेसामने कुरा गर्छु,+ खुलस्त कुरा गर्छु, उखान-टुक्कामा गर्दिनँ अनि तिनले यहोवा परमेश्‍वरलाई प्रत्यक्ष देख्छन्‌। त्यसैले तिमीहरूले मेरो सेवक मोसाविरुद्ध गनगन गर्ने आँट कसरी गऱ्‍यौ?”

  • व्यवस्था ३४:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० इस्राएलमा मोसाजस्तो भविष्यवक्‍ता पछि कोही देखा परेनन्‌,+ जोसँग यहोवा परमेश्‍वरले आमनेसामने कुरा गर्नुभएको थियो।+

  • युहन्‍ना १:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ परमेश्‍वरलाई कुनै मानिसले कहिल्यै देखेको छैन।+ उहाँको विषयमा आफ्नो बुबाको छेउमा बस्नुहुने*+ एक मात्र छोरा, जो ईश्‍वर हुनुहुन्छ,+ उहाँले बताउनुभएको छ।+

  • युहन्‍ना ६:४६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४६ मबाहेक अरू कसैले बुबालाई कहिल्यै देखेको छैन।+ म, जो परमेश्‍वरबाट आएको हुँ, मैले मात्र उहाँलाई देखेको छु।+

  • प्रेषित ७:३८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३८ यी तिनै मोसा हुन्‌, जो निर्जनभूमिमा इस्राएलीहरूको समुदायमाझ थिए। त्यहाँ तिनी सिनै डाँडामा तिनीसित कुरा गर्ने+ स्वर्गदूतसित+ र हाम्रा पुर्खाहरूसित थिए। हामीलाई दिन सकियोस्‌ भनेर तिनले जीवित अनि पवित्र वचन पाए।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने