प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान २९:१६-१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ अनि त्यो थुमा काट्‌नू र त्यसको रगत लिएर वेदीको रिङ्‌गै छर्कनू।+ १७ थुमालाई भाग-भाग पार्नू, त्यसको आन्द्रा र खुट्टाहरू पखाल्नू+ अनि ती भागहरू र टाउकोलाई मिलाएर राख्नू। १८ यसरी मिलाएर राखिएको थुमालाई वेदीमा जलाउनू। यो यहोवा परमेश्‍वरलाई मन पर्ने* मीठो बास्ना भएको अग्निभेटी हो।+ यो यहोवा परमेश्‍वरको निम्ति आगोमा जलाइने भेटी हो।

  • लेवी ८:१८-२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ त्यसपछि तिनले अग्निभेटीको थुमालाई नजिकै ल्याए अनि हारुन र उनका छोराहरूले त्यस थुमाको टाउकोमाथि आफ्नो हात राखे।+ १९ अनि मोसाले त्यसलाई काटे र त्यसको रगत वेदीको चारैतिर छर्के। २० तिनले त्यस थुमालाई टुक्राटुक्रा पारे र त्यसको टाउको, मासुका टुक्राहरू र बोसो* जलाए। २१ तिनले त्यसको आन्द्रा र खुट्टाहरू पानीले पखाले; तिनले पूरै थुमालाई वेदीमाथि जलाए। यस अग्निभेटीबाट निस्केको बास्ना यहोवा परमेश्‍वरलाई मन पर्ने* मीठो बास्ना थियो। यहोवा परमेश्‍वरले मोसालाई आज्ञा गर्नुभएबमोजिमै यो उहाँको निम्ति आगोमा जलाएर चढाइने भेटी हो।

  • लेवी ९:१२-१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ त्यसपछि हारुनले अग्निभेटीको थुमा काटे र उनका छोराहरूले त्यसको रगत उनलाई दिए। अनि उनले वेदीको चारैतिर त्यो रगत छर्के।+ १३ तिनीहरूले उनलाई अग्निभेटीको थुमाको टाउको र मासुका टुक्राहरू दिए अनि उनले ती सबै वेदीमा जलाए। १४ अनि उनले थुमाको आन्द्रा र खुट्टाहरू पखाले। अनि त्यसलाई वेदीको अग्निभेटीमाथि राखेर जलाए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने