प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी ५:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ अनि आफूले गरेको पापको लागि उसले दोषभेटीको* जनावर यहोवा परमेश्‍वरसामु ल्याओस्‌।+ बगालबाट ल्याएको त्यो भेडाको पाठी वा बाख्राको पाठीलाई उसले पापभेटीको रूपमा चढाओस्‌। अनि पुजारीले उसको पापको प्रायश्‍चित गरिदेऊन्‌।

  • लेवी ६:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ अनि उसले तोकिएको मोलबराबरको एउटा निष्खोट थुमा बगालबाट छानोस्‌ र दोषभेटीको रूपमा यहोवा परमेश्‍वरलाई चढाउन पुजारीकहाँ ल्याओस्‌।+

  • लेवी १४:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ “कुनै कुष्ठरोगीलाई शुद्ध ठहराउने दिनमा पालन गर्नुपर्ने नियम यही हो। उसलाई पुजारीकहाँ ल्याउनू।+

  • लेवी १४:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ अनि पुजारीले एक लग तेलका साथै दोषभेटीको निम्ति भेडाको एउटा पाठो लेऊन्‌+ र ती यहोवा परमेश्‍वरसामु डोलाउने भेटीको रूपमा डोलाऊन्‌।*+

  • लेवी १९:२०, २१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० “‘यदि कुनै मानिसले अरूसित विवाह गर्न पक्का भइसकेकी दासीसित यौनसम्बन्ध राख्छ तर उसलाई दाम तिरेर छुटाइएको छैन वा ऊ अझै पनि स्वतन्त्र भएकी छैन भने तिनीहरू दुवैलाई सजाय दिनू। तिनीहरूलाई मृत्युदण्डचाहिँ नदिनू किनभने त्यो दासी स्वतन्त्र भइसकेकी छैन। २१ त्यस मानिसले आफ्नो दोषभेटी यहोवा परमेश्‍वरलाई चढाउन एउटा थुमा भेट हुने पालको* प्रवेशद्वारमा ल्याओस्‌।+

  • गन्ती ६:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ उसले फेरि आफूलाई यहोवा परमेश्‍वरको लागि अलग राखेर नाजिरी जीवन सुरु गरोस्‌ र दोषभेटी* चढाउन एक वर्षे थुमा ल्याओस्‌। उसले आफ्नो नाजिरी जीवनलाई अशुद्ध पारेकोले त्यसअघिका दिनहरूको गन्ती हुनेछैन।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने