- 
	                        
            
            लेवी ७:१पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
७ “‘दोषभेटीको नियम यो हो:+ यो भेटी महापवित्र छ।
 
 - 
                                        
 
- 
	                        
            
            लेवी १४:२पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
२ “कुनै कुष्ठरोगीलाई शुद्ध ठहराउने दिनमा पालन गर्नुपर्ने नियम यही हो। उसलाई पुजारीकहाँ ल्याउनू।+
 
 - 
                                        
 
- 
	                        
            
            लेवी १९:२०, २१पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
२० “‘यदि कुनै मानिसले अरूसित विवाह गर्न पक्का भइसकेकी दासीसित यौनसम्बन्ध राख्छ तर उसलाई दाम तिरेर छुटाइएको छैन वा ऊ अझै पनि स्वतन्त्र भएकी छैन भने तिनीहरू दुवैलाई सजाय दिनू। तिनीहरूलाई मृत्युदण्डचाहिँ नदिनू किनभने त्यो दासी स्वतन्त्र भइसकेकी छैन। २१ त्यस मानिसले आफ्नो दोषभेटी यहोवा परमेश्वरलाई चढाउन एउटा थुमा भेट हुने पालको* प्रवेशद्वारमा ल्याओस्।+
 
 - 
                                        
 
- 
	                        
            
            गन्ती ६:१२पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
१२ उसले फेरि आफूलाई यहोवा परमेश्वरको लागि अलग राखेर नाजिरी जीवन सुरु गरोस् र दोषभेटी* चढाउन एक वर्षे थुमा ल्याओस्। उसले आफ्नो नाजिरी जीवनलाई अशुद्ध पारेकोले त्यसअघिका दिनहरूको गन्ती हुनेछैन।
 
 -