-
२ इतिहास १७:८, ९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ तिनीहरूसँग यी लेवीहरू पनि गए: सेमायाह, नेथन्याह, जबदियाह, आसाहेल, सेमिरामोथ, यहोनाथान, अदोनियाह, तोबियाह र तोब-अदोनियाह। पुजारीहरू एलिसामा र यहोराम पनि तिनीहरूसँगै गए।+ ९ अनि तिनीहरूले यहुदाका मानिसहरूलाई शिक्षा दिन थाले। तिनीहरूले मानिसहरूलाई यहोवा परमेश्वरको व्यवस्थाको पुस्तकबाट सिकाए।+ मानिसहरूलाई शिक्षा दिँदै तिनीहरू यहुदाका सबै सहरमा गए।
-
-
नहेम्याह ८:७, ८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ लेवीहरू यसुआ, बानि, सेरेब्याह,+ यामिन, अक्कुब, साब्बथै, होदियाह, मासेयाह, केलिता, अजर्याह, योजाबाद,+ हानान र पलायाहले मानिसहरूलाई व्यवस्थामा लेखिएको कुरा बुझाउन थाले।+ अनि मानिसहरूले उभिएरै उनीहरूको कुरा सुनिरहे। ८ उनीहरूले साँचो परमेश्वरको व्यवस्थाको पुस्तक ठूलो स्वरमा पढिरहे अनि त्यहाँ लेखिएका कुराहरू मानिसहरूलाई स्पष्टसित बुझाइदिए र त्यसको अर्थ पनि खुलाइदिए। यसरी उनीहरूले मानिसहरूलाई सुनेको कुरा बुझ्न मदत गरे।+
-