-
लेवी ७:२९-३१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२९ “इस्राएलीहरूलाई भन्नू, ‘यदि कसैले यहोवा परमेश्वरलाई चढाउन मेलबलि ल्याउँछ भने उसले त्यसको केही भाग यहोवा परमेश्वरलाई चढाओस्।+ ३० यहोवा परमेश्वरको निम्ति आगोमा जलाउन उसले त्यस जनावरको बोसो+ र ह्याकुला आफ्नो हातमा बोकेर ल्याओस्। अनि डोलाउने भेटीको*+ रूपमा यहोवा परमेश्वरसामु डोलाओस्।* ३१ पुजारीले बोसोजति वेदीमा जलाऊन्+ तर ह्याकुलाचाहिँ हारुन र तिनका छोराहरूको हुनेछ।+
-