-
हिब्रू ५:१-३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ मानिसहरूमध्येबाट छानिएका हरेक प्रधानपुजारी मानिसहरूको तर्फबाट परमेश्वरको सेवा गर्न नियुक्त भएका हुन्छन्+ र तिनले पापको निम्ति भेटी र बलिदान चढाउँछन्।+ २ अनजानमा गल्ती गर्नेहरूसित* तिनले करुणामय* व्यवहार गर्न सक्छन् किनकि तिनका पनि आफ्नै कमीकमजोरी हुन्छन्।* ३ त्यसैले तिनले अरू मानिसका पापहरूको निम्ति भेटी चढाएजस्तै आफ्ना पापहरूको निम्ति पनि भेटी चढाउनुपर्छ।+
-