प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती १०:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० “साथै तिमीहरूले रमाहट गर्ने समयमा+ अर्थात्‌ चाडपर्वमा+ र हरेक महिनाको सुरुमा जब तिमीहरू अग्निभेटी+ र मेलबलि+ चढाउँछौ, त्यतिखेर बिगुल फुक्नू। यसो गर्दा परमेश्‍वरले तिमीहरूलाई सम्झनुहुनेछ। म तिमीहरूका परमेश्‍वर यहोवा हुँ।”+

  • १ इतिहास २३:३१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३१ तिनीहरूले विश्रामदिनमा,*+ औँसीमा+ र चाडको समयमा+ यहोवा परमेश्‍वरको निम्ति अग्निभेटी चढाउन मदत गर्थे। तिनीहरूले यो काम व्यवस्थामा दिइएको नियमअनुसार गर्थे र यहोवा परमेश्‍वरसामु नियमित रूपमा यो सेवा चढाउँथे।

  • २ इतिहास २:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ म मेरा परमेश्‍वर यहोवाको नामको निम्ति एउटा भवन बनाउँदै छु। त्यो भवन परमेश्‍वरको निम्ति पवित्र पारिनेछ। त्यहाँ उहाँसामु सुगन्धित धूप चढाइनेछ,+ नियमित रूपमा भेटीको रोटी* राखिनेछ+ अनि हरेक बिहान र बेलुकी,+ विश्रामदिनमा,*+ औँसीमा+ र यहोवा परमेश्‍वरको निम्ति चाडहरू+ मनाइँदा अग्निभेटी चढाइनेछ। यो इस्राएलीहरूले सधैँ पूरा गर्नुपर्ने कर्तव्य हो।

  • नहेम्याह १०:३२, ३३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३२ “साथै परमेश्‍वरको भवनमा गरिने सेवाको निम्ति हामीमध्ये हरेकले वर्षेनी एक तिहाइ शेकेल* दान गर्ने वाचा गर्छौँ।+ ३३ अनि त्यसबाट ती सबै चिजको खर्च बेहोरिनेछ, जुन विश्रामदिनमा+ र औँसीको दिनमा चढाइन्छ+ अर्थात्‌ भेटीको रोटी*+ अनि नियमित रूपमा चढाइने अन्‍नभेटी+ र अग्निभेटी।* साथै ठहराइएका चाडहरू,+ पवित्र कुराहरू, इस्राएलको प्रायश्‍चितको निम्ति चढाइने पापभेटीहरू*+ अनि हाम्रा परमेश्‍वरको भवनमा गरिने सबै कामको लागि पनि त्यही पैसा चलाइनेछ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने