-
गन्ती २७:१-७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२७ त्यसपछि सलोफादका छोरीहरू+ महलाह, नुह, होग्लाह, मिल्काह र तिर्जाह मोसाकहाँ आए। सलोफाद युसुफको छोरा मनस्सेको वंशका थिए। मनस्सेको छोरा माकिर, माकिरको छोरा गिलाद, गिलादको छोरा हेपेर र हेपेरको छोरा सलोफाद थिए। २ सलोफादका छोरीहरू भेट हुने पालको* ढोकामा गए अनि मोसा, पुजारी एलियाजार, कुलनायकहरू+ र सबै समुदायसामु उभिएर यसो भने: ३ “हाम्रो बुबा निर्जनभूमिमा मर्नुभयो तर उहाँ कोरहलाई साथ दिएर यहोवाको विद्रोह गर्ने मानिसहरूको समूहमा हुनुहुन्नथ्यो।+ उहाँ त आफ्नै पापको कारण मर्नुभयो अनि उहाँका छोराहरू पनि छैनन्। ४ छोरा छैन भन्दैमा उहाँको नाम आफ्नो कुलबाट किन मेटिने? त्यसैले हाम्रो बुबाका दाजुभाइहरूसँगै हामीलाई पनि पुर्ख्यौली सम्पत्ति दिनुहोस्।” ५ तब मोसाले तिनीहरूको मामिला यहोवा परमेश्वरसामु ल्याए।+
६ त्यसपछि यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: ७ “सलोफादका छोरीहरूको कुरा सही हो। तिनीहरूका बुबाका दाजुभाइहरूसँगै तिनीहरूलाई पनि पुर्ख्यौली सम्पत्तिस्वरूप जग्गाजमिन बाँडिदिनू अनि तिनीहरूलाई बुबाको हकवाला बनाउनू।+
-