३२ यति हुँदाहुँदै पनि तिमीहरूले आफ्ना परमेश्वर यहोवामा विश्वास गरेनौ।+ ३३ तिमीहरूलाई डोऱ्याउन उहाँ तिमीहरूको अघिअघि जानुहुन्थ्यो र तिमीहरूले कहाँ पाल टाँग्दा राम्रो हुन्छ, त्यो ठाउँ छान्नुहुन्थ्यो। दिउँसो बादलको खामोमा अनि राती आगोको खामोमा प्रकट भएर उहाँले तिमीहरूलाई बाटो देखाउनुहुन्थ्यो।+