१८ हारुनका सबै पुरुष सन्तानले यो खाऊन्।+ यहोवा परमेश्वरलाई आगोमा चढाइने भेटीको यो भाग पुस्तौँपुस्तासम्म तिनीहरूकै हुनेछ।+ भेटीलाई छोएको सबै थोक पवित्र हुनेछ।’”
१३ त्यसपछि तिनले त्यस पाठोलाई पापभेटी र अग्निभेटीको जनावर प्रायजसो जहाँ काटिन्छ, त्यहीँ अर्थात् पवित्र ठाउँमा काटून्+ किनभने पापभेटीजस्तै यो दोषभेटी पनि पुजारीको हो।+ यो महापवित्र कुरा हो।+