प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था २:३०-३५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३० तर हेस्बोनका राजा सिहोनले हामीलाई जान दिएनन्‌। यहोवा परमेश्‍वरले तिनको हृदय कठोर हुन दिनुभयो र तिनले आफ्नै कुरामा जिद्दी गरिरहे।+ परमेश्‍वरले ती राजालाई तिमीहरूको हातमा सुम्पिन त्यसो हुन दिनुभएको थियो र नभन्दै त्यस्तै भयो।+

      ३१ “त्यसपछि यहोवा परमेश्‍वरले मलाई भन्‍नुभयो, ‘हेर मैले राजा सिहोन र तिनको देश तिमीहरूको हातमा दिएको छु। तिनको देशमाथि अधिकार गर्न सुरु गर।’+ ३२ जब राजा सिहोन आफ्ना सबै मानिस लिएर हामीसँग युद्ध गर्न याहजमा आए,+ ३३ तब यहोवा परमेश्‍वरले तिनलाई हाम्रो हातमा सुम्पिदिनुभयो। हामीले तिनलाई, तिनका छोराहरूलाई र तिनका सबै मानिसलाई परास्त गऱ्‍यौँ। ३४ त्यसबेला हामीले तिनका सबै सहर कब्जा गऱ्‍यौँ र नाश गऱ्‍यौँ। हामीले पुरुष, स्त्री र केटाकेटी सबैलाई माऱ्‍यौँ; एक जनालाई पनि बाँकी राखेनौँ।+ ३५ सहरहरू कब्जा गर्दा हामीले आफ्नो निम्ति त्यहाँका मालसामान र वस्तुभाउ मात्र लियौँ।

  • व्यवस्था २९:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ जब हामी यात्रा गर्दै यस ठाउँमा आइपुग्यौँ, तब हेस्बोनका राजा सिहोन+ र बासानका राजा ओग+ हामीसित लडाइँ गर्न आए तर हामीले तिनीहरूलाई हरायौँ।+

  • न्यायकर्ता ११:१९, २०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ “‘त्यसपछि इस्राएलीहरूले हेस्बोनमा शासन गर्ने एमोरीहरूका राजा सिहोनकहाँ सन्देशवाहकहरूमार्फत यस्तो खबर पठाए: “बिन्ती छ, हामीलाई तपाईँको इलाका हुँदै हाम्रो गन्तव्यसम्म पुग्न दिनुहोस्‌।”+ २० तर सिहोनले इस्राएलीहरूलाई विश्‍वास गरेनन्‌। त्यसैले सिहोनले आफ्ना सबै मानिस भेला गरे र याहजमा छाउनी हाले अनि इस्राएलीहरूसित लडे।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने