-
गन्ती २१:३३-३५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३३ त्यसपछि तिनीहरू मोडिएर बासान मार्ग हुँदै गए। अनि बासानका राजा ओग+ तिनीहरूसित युद्ध गर्न आफ्ना सबै सेना लिएर एद्रईमा आए।+ ३४ यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: “तिनीसित नडराऊ+ किनकि म तिनी, तिनका सबै मानिस र तिनको देश तिमीहरूको हातमा सुम्पनेछु।+ तिमीहरूले हेस्बोनमा बस्ने एमोरीहरूका राजा सिहोनलाई जसो गऱ्यौ, तिनलाई पनि त्यसै गर्नेछौ।”+ ३५ अनि तिनीहरूले तिनलाई, तिनका छोराहरूलाई र तिनका सबै मानिसलाई मारे, कसैलाई पनि बाँकी राखेनन्।+ अनि तिनीहरूले तिनको देश कब्जा गरे।+
-