-
लेवी १८:२५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२५ यस्ता कामहरू गरेकोले तिनीहरूको देश अशुद्ध भएको छ। त्यसैले म तिनीहरूलाई सजाय दिनेछु र तिनीहरू त्यहाँबाट धपाइनेछन्।+
-
-
व्यवस्था ९:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ तिमीहरू धर्मी भएकोले वा तिमीहरूको मन सफा भएकोले उहाँले तिमीहरूलाई त्यो देश अधिकार गर्न दिन लाग्नुभएको होइन। बरु तिनीहरूको दुष्टताले गर्दा यहोवा तिमीहरूका परमेश्वरले तिनीहरूलाई तिमीहरूको सामनेबाट धपाउन लाग्नुभएको हो।+ अनि तिमीहरूका पुर्खाहरू अब्राहाम,+ इसहाक+ र याकुबसित+ खाएको शपथ पूरा गर्न पनि यहोवा परमेश्वरले तिनीहरूलाई धपाउन लाग्नुभएको हो।
-