१४ “तिमीहरूले वर्षमा तीन पल्ट मेरो निम्ति चाड मनाउनू।+ १५ तिमीहरूले अखमिरा रोटीको चाड मनाउनू।+ मैले आज्ञा गरेझैँ तिमीहरूले सात दिनसम्म खमिर नहालेको रोटी खानू।+ अबिब महिनाको तोकिएको समयमा तिमीहरूले त्यो खानू किनभने त्यही महिना तिमीहरू मिश्रबाट निस्केर आएका थियौ। मकहाँ कोही पनि खाली हात नआओस्।+