प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती १८:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० यहोवा परमेश्‍वरले हारुनलाई अझै भन्‍नुभयो: “इस्राएलमा तिमीले कुनै पैतृक सम्पत्ति पाउनेछैनौ अनि जग्गाजमिनको कुनै हिस्सा पनि पाउनेछैनौ।+ इस्राएलीहरूमाझ तिम्रो हिस्सा र तिम्रो अंश म नै हुँ।+

  • गन्ती १८:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ इस्राएलका मानिसहरूले यहोवालाई दशांशस्वरूप चढाएका भेटीहरू मैले लेवीहरूलाई अंशस्वरूप दिएको छु। त्यसैले ‘इस्राएलीहरूबीच तिनीहरूले कुनै पैतृक सम्पत्ति पाउनेछैनन्‌’+ भनेर मैले तिनीहरूलाई भनेको छु।”

  • व्यवस्था १०:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ त्यसैले लेविको कुललाई तिनीहरूका दाजुभाइलाई जस्तो कुनै पैतृक सम्पत्ति वा अंश दिइएको छैन। यहोवा तिमीहरूका परमेश्‍वरले तिनीहरूलाई भन्‍नुभएझैँ यहोवा परमेश्‍वर नै तिनीहरूको अंश हुनुहुन्छ।+

  • यहोसु १३:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ तिनले लेविको कुललाई मात्र पैतृक सम्पत्तिको रूपमा कुनै जग्गाजमिन दिएनन्‌।+ इस्राएलका परमेश्‍वर यहोवाले लेवीहरूलाई वचन दिनुभएझैँ+ उहाँको निम्ति आगोमा चढाइएको भेटी नै तिनीहरूको अंश हुने थियो।+

  • यहोसु १३:३३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३३ तर मोसाले लेविको कुललाई पैतृक सम्पत्ति दिएनन्‌।+ तिनीहरूलाई प्रतिज्ञा गरिएझैँ इस्राएलका परमेश्‍वर यहोवा नै तिनीहरूको अंश हुनुहुन्छ।+

  • १ कोरिन्थी ९:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ मन्दिरमा पवित्र सेवा चढाउनेहरूले मन्दिरकै कुराहरू खान्छन्‌ अनि वेदीमा निरन्तर सेवा गर्नेहरूले वेदीमै चढाइएका कुराहरूको भाग पाउँछन्‌ भनेर के तिमीहरूलाई थाह छैन?+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने