-
लेवी ६:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ “‘अन्नभेटीको नियम यो हो:+ हारुनका छोराहरूले यहोवा परमेश्वरसामु वेदीअगाडि अन्नभेटी चढाऊन्।
-
-
गन्ती १८:३०, ३१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३० “तिमीले लेवीहरूलाई यसो पनि भन्नू, ‘तिमीहरूले सर्वोत्तम थोक चढाउँदा त्यसलाई तिमीहरूकै खलाको अन्न वा तिमीहरूकै कोलबाट निस्केको दाखमद्य वा तेलजस्तै ठानिनेछ। ३१ तिमी र तिम्रो घरानाले यसलाई जुनसुकै ठाउँमा खान सक्छौ किनकि यो तिमीहरूले भेट हुने पालमा सेवा गरेबापत पाएको ज्याला हो।+
-
-
व्यवस्था १८:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ “लेवी पुजारीहरू अनि लेविको कुलका कसैलाई इस्राएलमा कुनै पैतृक सम्पत्ति वा अंश दिइनेछैन। तिनीहरूले यहोवा परमेश्वरको निम्ति आगोमा चढाइने भेटीको भागबाट खाऊन्; त्यो नै तिनीहरूको अंश हो।+
-