प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था १३:१-५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ “यदि तिमीहरूमाझ भविष्यवक्‍ता वा भावी बताउने स्वप्नदर्शी देखा पऱ्‍यो र उसले भविष्यबारे केही कुरा भन्यो वा कुनै चिन्ह दियो २ अनि उसले भनेको कुरा वा चिन्ह पूरा पनि भयो भने उसले तिमीहरूलाई यसो भन्ला, ‘आओ! हामी अरू देवताहरूलाई पुजौँ,’ जसलाई तिमीहरूले चिनेकै छैनौ। ‘हामी तिनीहरूकै पछि लागौँ अनि तिनीहरूकै सेवा गरौँ।’ ३ त्यसबेला तिमीहरूले त्यो भविष्यवक्‍ताको वा स्वप्नदर्शीको कुरा नसुन्‍नू।+ किनभने त्यो त तिमीहरू यहोवा तिमीहरूका परमेश्‍वरलाई आफ्नो सारा हृदयले र आफ्नो सारा ज्यानले प्रेम गर्छौ कि गर्दैनौ+ भनेर बुझ्न यहोवा परमेश्‍वरले तिमीहरूलाई जाँच्नुभएको हो।+ ४ तिमीहरू केवल यहोवा तिमीहरूका परमेश्‍वरको पछि लाग्नू, तिमीहरूले उहाँकै डर मान्‍नू, उहाँकै आज्ञा पालन गर्नू, उहाँकै कुरा सुन्‍नू, उहाँकै सेवा गर्नू अनि उहाँलाई कहिल्यै नत्याग्नू।+ ५ तर त्यो भविष्यवक्‍ता वा स्वप्नदर्शीलाई चाहिँ मार्नू।+ किनभने उसले तिमीहरूलाई दासत्वको घर—मिश्रबाट छुटाएर ल्याउनुहुने यहोवा तिमीहरूका परमेश्‍वरको विद्रोह गर्न उक्सायो अनि यहोवा तिमीहरूका परमेश्‍वरले हिँड्‌नू भन्‍नुभएको मार्गबाट तर्काउन खोज्यो। तिमीहरूले आफ्नो माझबाट यस्तो दुष्टता हटाउनै पर्छ।+

  • यर्मिया २८:११-१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ अनि सबैसामु हानन्याहले भने: “यहोवा यसो भन्‍नुहुन्छ, ‘यसरी नै म सबै राष्ट्रको गर्दनमा परेको बेबिलोनका राजा नबुकद्‌नेजरको जुवा दुई वर्षभित्र भाँचिदिनेछु।’”+ तब यर्मिया त्यहाँबाट आफ्नो बाटो लागे।

      १२ भविष्यवक्‍ता हानन्याहले भविष्यवक्‍ता यर्मियाको गर्दनको जुवा भाँचेपछि यर्मियाकहाँ यहोवाको यो वचन आयो: १३ “गएर हानन्याहलाई भन, ‘यहोवा यसो भन्‍नुहुन्छ: “तिमीले काठको जुवा भाँच्यौ,+ त्यसैले अब तिमीले फलामको जुवा बनाउनुपर्नेछ।” १४ किनकि सेनाहरूका यहोवा, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: “यी राष्ट्रहरूले बेबिलोनका राजा नबुकद्‌नेजरको सेवा गरून्‌ भनेर म यिनीहरूको गर्दनमा फलामको जुवा राखिदिनेछु। अनि यिनीहरूले बेबिलोनका राजाको सेवा गर्नै पर्नेछ।+ म जङ्‌गली जनावरहरूसमेत तिनको हातमा सुम्पिदिनेछु।”’”+

      १५ त्यसपछि भविष्यवक्‍ता यर्मियाले भविष्यवक्‍ता हानन्याहलाई+ यसो भने: “बिन्ती हानन्याह! मेरो कुरा सुन्‍नुहोस्‌। यहोवाले तपाईँलाई पठाउनुभएको होइन, तैपनि तपाईँ मानिसहरूलाई झूटो कुरा सुनाएर भ्रममा पार्दै हुनुहुन्छ।+ १६ त्यसैकारण यहोवा यसो भन्‍नुहुन्छ, ‘हेर, म तिम्रो ज्यान लिनेछु। मानिसहरूलाई यहोवाको विरोध गर्न सुऱ्‍याएकोले तिमी वर्षदिनभित्रै मर्नेछौ।’”+

      १७ अनि भविष्यवक्‍ता हानन्याह त्यही वर्षको सातौँ महिनामा मरे।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने