-
न्यायकर्ता ३:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ इस्राएलीहरू १८ वर्षसम्म मोआबका राजा एग्लोनको दास भएर बसे।+
-
-
न्यायकर्ता ६:१-५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ तर इस्राएलीहरूले फेरि यहोवा परमेश्वरको नजरमा जे खराब छ, त्यही गरे।+ त्यसैले यहोवा परमेश्वरले तिनीहरूलाई सात वर्षसम्म मिद्यानीहरूको हातमा सुम्पिदिनुभयो।+ २ मिद्यानीहरूले इस्राएलीहरूलाई असाध्यै थिचोमिचो गर्न थाले।+ त्यसैले मिद्यानीहरूसँग डराएर इस्राएलीहरूले डाँडामा, गुफामा र शत्रुहरू पुग्न गाह्रो हुने ठाउँमा लुक्ने ठाउँहरू* बनाए।+ ३ इस्राएलीहरूले खेतमा बिउ छर्दा मिद्यानी, अमालेकी+ र पूर्वका मानिसहरू+ आएर तिनीहरूलाई आक्रमण गर्थे। ४ ती शत्रुहरू इस्राएलीहरूलाई आक्रमण गर्न छाउनी हालेर बस्थे र गाजासम्मै इस्राएलीहरूको बाली नष्ट गरिदिन्थे। तिनीहरूले इस्राएलीहरूको निम्ति खानलाई केही पनि छोड्दैनथे; भेडा, गोरु र गधा सबै लैजान्थे।+ ५ तिनीहरू आफ्ना वस्तुभाउ र पाल लिएर सलहको बथानझैँ आउँथे।+ तिनीहरू अनगिन्ती थिए र तिनीहरूका उँटहरू पनि असङ्ख्य थिए।+ अनि तिनीहरूले इस्राएलीहरूको इलाका तहसनहस पारिदिन्थे।
-