-
गन्ती २७:१, २पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२७ त्यसपछि सलोफादका छोरीहरू+ महलाह, नुह, होग्लाह, मिल्काह र तिर्जाह मोसाकहाँ आए। सलोफाद युसुफको छोरा मनस्सेको वंशका थिए। मनस्सेको छोरा माकिर, माकिरको छोरा गिलाद, गिलादको छोरा हेपेर र हेपेरको छोरा सलोफाद थिए। २ सलोफादका छोरीहरू भेट हुने पालको* ढोकामा गए अनि मोसा, पुजारी एलियाजार, कुलनायकहरू+ र सबै समुदायसामु उभिएर यसो भने:
-
-
यहोसु १४:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ इस्राएलीहरूले कनान देशमा पैतृक सम्पत्तिको रूपमा पाएका इलाकाहरू यी नै हुन्। यी इलाकाहरू तिनीहरूलाई पुजारी एलियाजार, नुनका छोरा यहोसु र इस्राएलका कुलका घरानाहरूका नाइकेहरूले बाँडिदिएका थिए।+
-