प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • न्यायकर्ता ३:९, १०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ जब इस्राएलीहरूले मदतको लागि यहोवा परमेश्‍वरलाई पुकारे,+ तब यहोवा परमेश्‍वरले तिनीहरूलाई छुटकारा दिन कालेबको भाइ केनजको छोरा ओथ्निएललाई+ रोज्नुभयो।+ १० यहोवा परमेश्‍वरको पवित्र शक्‍ति ओथ्निएलमाथि आयो+ र तिनी इस्राएलीहरूका न्यायकर्ता भए। जब तिनी युद्ध गर्न गए, तब यहोवा परमेश्‍वरले मेसोपोटामियाका* राजा कुसन-रिसातैमलाई तिनको हातमा सुम्पिदिनुभयो। यसरी ओथ्निएलले ती राजालाई जिते।

  • न्यायकर्ता ११:२९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ तब यहोवा परमेश्‍वरको पवित्र शक्‍ति यिप्तहमाथि आयो।+ तिनी गिलाद र मनस्सेको इलाका हुँदै गिलादको मिस्पा गए+ अनि त्यहाँबाट अम्मोनीहरूसित युद्ध गर्न गए।

  • न्यायकर्ता १३:२४, २५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ केही समयपछि मानोहकी पत्नीले एउटा छोरा जन्माइन्‌ अनि उसको नाम सिमसोन+ राखियो। त्यो बालक हुर्कँदै जाँदा यहोवा परमेश्‍वरले उसलाई आशिष्‌ दिइरहनुभयो। २५ पछि सिमसोन जोराह र एस्ताओलको+ बीचमा पर्ने महनेह-दानमा+ छँदा यहोवा परमेश्‍वरको पवित्र शक्‍ति तिनीमाथि आयो।+

  • न्यायकर्ता १४:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ तब यहोवा परमेश्‍वरको पवित्र शक्‍ति सिमसोनमाथि आयो+ र कसैले बाख्राको पाठोलाई हातैले दुई फ्याक पारेझैँ तिनले त्यस सिंहलाई दुई फ्याक पारिदिए। तर तिनले यसबारे आफ्ना बुबा वा आमालाई केही भनेनन्‌।

  • न्यायकर्ता १५:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ सिमसोनलाई लेहीमा ल्याएको देखेपछि पलिस्तियालीहरू खुसीले कराए। तब तिनीमाथि यहोवा परमेश्‍वरको पवित्र शक्‍ति आयो+ र तिनको पाखुरामा बाँधिएको डोरी आगोले खाएको मलमलको धागोजस्तै धुजाधुजा भयो र तिनको हात बाँधिएको डोरी पनि फुस्कियो।+

  • जकरिया ४:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ तब तिनले मलाई भने: “यरुबाबेलको लागि यहोवा परमेश्‍वरको यस्तो सन्देश छ: ‘“न कुनै सैन्य शक्‍तिले न त मानिसको बलले+ तर मेरो शक्‍तिले,”+ सेनाहरूका यहोवा भन्‍नुहुन्छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने