-
रुथ १:१, २पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१ यो त्यो समयको कुरा हो, जतिबेला न्यायकर्ताहरूले इस्राएलमा न्याय गर्थे;+ त्यतिबेला इस्राएलमा अनिकाल पऱ्यो। त्यसैले यहुदाको बेतलेहेमका+ एक जना मानिस आफ्नी पत्नी र दुई छोरालाई लिएर मोआबीहरूको इलाकामा+ प्रवासीको रूपमा बसोबास गर्न गए। २ ती मानिसको नाम एलिमेलेक* थियो। तिनकी पत्नीको नाम नाओमी* अनि दुई छोराको नाम महलोन* र किल्योन* थियो। तिनीहरू यहुदाको बेतलेहेम अर्थात् एप्राताका बासिन्दा थिए। तिनीहरू मोआबीहरूको इलाकामा गएर त्यहीँ बसोबास गर्न थाले।
-