१एप्रैमको पहाडी इलाकाको रामाथैम-जोफिममा*+ एल्काना+ नाम गरेका एक जना मानिस बस्थे। तिनी एप्रैमका बासिन्दा थिए।+ तिनी यरोहामका छोरा, एलिहुका नाति, तोहुका पनाति र जुपका खनाति थिए।
१९ अनि बिहान सबेरै उठेर तिनीहरूले यहोवा परमेश्वरको उपासना गरे। त्यसपछि तिनीहरू आफ्नो सहर रामा फर्के।+ पछि एल्कानाले आफ्नी पत्नी हन्नासित यौनसम्बन्ध राखे। अनि यहोवा परमेश्वरले हन्नातर्फ आफ्नो ध्यान लगाउनुभयो।*+