१६ अन्नभेटीको बाँकी भागचाहिँ हारुन र तिनका छोराहरूको होस्।+ तिनीहरूले यसमा खमिर* नहाली रोटी बनाऊन् र पवित्र ठाउँमा बसेर खाऊन्; तिनीहरूले भेट हुने पालको* चोकमा यो खाऊन्।+
१४ साथै डोलाउने भेटीको ह्याकुला र त्यसको पवित्र भाग अर्थात् खुट्टा+ पनि शुद्ध ठाउँमा बसेर खानू। तिमी र तिम्रा छोराछोरी सबैले खानू+ किनभने इस्राएलीहरूले चढाउने मेलबलिका यी भाग तिमी र तिम्रा छोराहरूले नियमित रूपमा पाउने हिस्सा हुन्।
९ आगोमा चढाइने यी महापवित्र भेटीहरूको केही अंश तिम्रै हिस्सा होस्: अन्नभेटी,+ पापभेटी,+ दोषभेटीलगायत+ तिनीहरूले मेरो निम्ति ल्याएका जुनसुकै भेटी। तिमी र तिम्रा छोराहरूले यसलाई महापवित्र ठान्नू।